काठमाडौं- बैंकिङ कसूरका फरार दुई जना प्रतिवादी पक्राऊ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी
ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्ने महोत्तरी लोहरपटी नगरपालिका-७ घर भएका २८ वर्षीय गौरभ शर्मा र काठमाडौं तारकेश्वर नगरपालिका-१० मनमैजू बस्ने धादिङ नेत्रवती डबजोङ् गाउँपालिका-५ घर भएका ३१ वर्षीय प्रेम बहादुर गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले शर्मालाई ११ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना तथा २०७९ वैशाख ४ गतेको फैसलाले गुरुङलाई २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनीहरुलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ बालुवाटारबाट पक्राउ गरेको हो ।
उनीहरुले पर्याप्त मौज्दात रकम नभएको खाताबाट रकम भुक्तान हुने भनी जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको
चेकको रकम भुक्तान हुन नसकेकोमा अदालतले उक्त फैसला गरेको थियो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९ १९:०३