काठमाडाैं- पाँच दिनदेखि अवरुद्ध रहेको कर्णालीका हिमाली जिल्लाहरुमा अबरुद्ध रहेको हवाई सेवा सुुचारु भएको छ । लगातार आन्तरिक रुढको मौसम सफा नभएको हवाई सेवा अवरुद्ध रहदै आएकोमा बिहीबार सुधार आएपछि हवाई सेवा सुचारु भएको हो ।
केही दिनदेखि हवाई सेवासमेत ठप्प भएपछि समस्यामा पर्दै आएकोमा हुम्ला जान पाएको एक यात्रुले बताएका छन् । यो समयमा धेरै यात्रुहरुले नेपालजंग विमान स्थलमा उडान नभएपछि शास्ती खेप्नु परेको थियो ।
नेपाल नागरिक उड्यायन प्राधिकरण सिमकोटका प्रमुख मोहन गिरीका अनुसार पाँच दिन लगातार मौसम खराबीको कारण अवरुद्ध हुँदै आएको हवाई सेवा सुचारु भएको छ ।। अबरुद्ध पछि पहिलो दिन सिमकोटका लागि तारा, सीता र समिट एयरले उडान भरेका थिए ।
हप्तामा तीन दिन नेपाल एयरलाईन्सले उडान भर्ने गरेको भएपनि यसबिचमा नेपाल एयरलाईन्सले पनि उडान भर्न सकेको छैन । सिमकोटमा रोकिएका यात्रुहरु पनि हवाई सेवा सुचारु भएपछि आफ्नो गन्तव्यतर्फ लाग्न पाएका छन् ।
हुम्ला, डोल्पा, मुुगुुको ताल्चा, जुम्ला र बाजुराको कोल्टीमा मौसममा आएको खराबीका कारण हवाई सेवा बन्द हुँदै आएकोमा सुचारु भएको नेपालगंज बिमानस्थलले जनाएको छ । यो अवधिमा दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९ १२:००