Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • हैजाको जोखिम र यसबाट बच्ने उपाय
हैजाको जोखिम र यसबाट बच्ने उपाय
बुधबार, असार १५, २०७९
haija_pic
Hardik health
[caption id="attachment_33868" align="alignleft" width="284"] डा. केदार कार्की[/caption] नेपालमा बर्सेनि गर्मी र वर्षाका बेला हैजाको बिरामी फेला परेको समाचार सुनिन्छ । यो वर्ष पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गत साता देशको संघीय राजधानी काठमाडौंमा एक व्यक्तिलाई हैजाको संक्रमण भएको पुष्टि गरेको छ । हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्यपदार्थ सेवन गर्दा सर्छ । गर्मी बढेसँगै राजधानीमा पानीको अभाव देखिने गरेको छ । हैजाको बिरामी फेला परेपछि यो रोगको प्रकोप फैलिन्छ कि भन्ने त्रास छ । हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियाको कारणले हुने सानो आन्द्राको संक्रमण भन्ने बुझिन्छ । नेपाली बृहत् शब्दकोशमा यसलाई तारन्तार दिसा र वमन भइरहने एक संक्रामक रोग भनेर लेखिएको छ । यसका लक्षणहरू कुनै पनि नदेखिनेदेखि मध्यम हुँदै गम्भीरसम्मका हुन्छन् । केही दिनसम्म निरन्तर तथा ठूलो मात्रामा पातलो दिसा लाग्नु यस रोगको प्रमुख लक्षण हो । वान्ता हुने तथा मांसपेसी बाउँडिने समस्या पनि देखिन सक्छ । हैजाका कारणले लाग्ने पखालाले केही घण्टाभित्रै गम्भीर जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ । यसका कारण आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने पनि हुन सक्छ । शरीरमा भएको जलवियोजनका कारण छाला निलो भएर जान सक्छ । हैजाको कीटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षणहरू देखिने गर्दछन् । हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरियाका कारणले हुने रोग हो । जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछ । यो रोग प्रायः भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने गर्दछ । राम्रोसँग नपाकेको समुद्री खाना (सी फुड) यो ब्याक्टेरियाको मुख्य स्रोत हो । हैजाले मानिसहरूलाई मात्र असर पुर्‍याउँछ । सरसफाइको अभाव, सफा पिउने पानीको अभाव तथा गरिबीले यसको जोखिमलाई बढाउने गर्दछ । त्यस्तै समुद्री सतह बढ्यो भने पनि हैजाको संक्रमणदर बढ्छ भन्ने विश्वास गरिन्छ । दिसाको परीक्षण गरेर हैजाको पहिचान गर्न सकिन्छ । हैजा गम्भीर खालको झाडापखाला हो । समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्छ । भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ । अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ देखि ४० लाख मानिसलाई हैजाको संक्रमण हुने गर्दछ । हैजाका कारण बर्सेनि २१ हजारदेखि एक लाख ४३ हजार मानिसको संसारभरि मृत्यु हुने आकलन गरिएको छ । हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुन्छ । गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्छ । अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छ । विश्वमा हैजाबाट हुने मृत्यु ९० प्रतिशतले घटाउने उद्देश्य राखेर सन् २०१७ मा एउटा रणनीति ल्याइएको छ । अन्य झाडापखालाझैँ हैजा हुँदा पनि पातलो दिसा र वान्ता हुन्छ । तर, हैजा लागेको व्यक्तिले तारन्तार पातलो चौलानी पानीजस्तो दिसा गर्ने र वमन गर्ने चिकित्सकहरूको भनाइ छ । जसका कारण छिट्टै शरीरमा जलवियोजन हुने खतरा हुन्छ । त्यसैले शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन र दिसा नरोकिए तुरुन्त अस्पताल जानु बेस हुन्छ, जलवियोजनका कारण मांसपेसी बाउँडिने पनि उनी बताउँछन् । सामान्य झाडापखाला लागेको र एक–दुई पटक दिसा भएको हो भने त्यो व्यक्तिले घरमै जीवनजल खाएर स्वास्थ्य अवस्था कस्तो हुन्छ त्यो विचार गर्नुपर्ने हुन्छ । तर, तारन्तर चौलानी पानीजस्तो पातलो दिसा भयो भने नजिकैको स्वास्थ्य चौकी जाने सुझाव चिकित्सकहरूको छ । यसको उपचारका लागि शरीरबाट घटेको पानी तथा लवणतत्त्व सेलाइनमार्फत दिइन्छ र एन्टिबायोटिकको पनि प्रयोग हुन्छ ।
हैजा र अन्य पानीजन्य सरुवा रोग रोकथाम गर्न खानेपानीको स्रोत सफा राख्न आवश्यक छ । खानेपानीका साथै ढल व्यवस्थापन गर्न पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । सबै व्यक्तिले एउटै स्रोतको पानी प्रयोग गर्ने तथा ढल र शौचालयको व्यवस्थित उपाय नभएको ठाउँमा हैजाले महामारीको रूप लिनसक्ने सम्भावना बढी हुन्छ । खाना खानुअघि, खाएपछि, फोहोर चलाएपछि र शौचालय गएपछि साबुनपानीले हात धुने बानी बसाल्दा यो रोगको नियन्त्रण गर्न सकिन्छ ।
हैजाको जीवाणुले सानो आन्द्रामा आक्रमण गर्छ । गर्मी र वर्षाको समयमा पानीको स्रोतमा हैजाको जीवाणु मिसिन पुग्यो भने दूषित पानी पिउने मानिसमा यो रोगको संक्रमण हुनसक्छ । दूषित पानी प्रयोग भएको खाद्यपदार्थबाट पनि यो सर्न सक्छ । त्यसैले पानी उमालेर तथा खाद्यपदार्थ राम्ररी पकाएर खान चिकित्सकहरू सल्लाह दिन्छन् । हैजा लागेको व्यक्तिको दिसा पानीमा पुग्यो भने ब्याक्टेरियाले पानी दूषित हुन्छ र त्यो पानी पिउने मानिसमा सर्छ । त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ । हैजा र अन्य पानीजन्य सरुवा रोग रोकथाम गर्न खानेपानीको स्रोत सफा राख्न आवश्यक छ । खानेपानीका साथै ढल व्यवस्थापन गर्न पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । सबै व्यक्तिले एउटै स्रोतको पानी प्रयोग गर्ने तथा ढल र शौचालयको व्यवस्थित उपाय नभएको ठाउँमा हैजाले महामारीको रूप लिनसक्ने सम्भावना बढी हुने बताइन्छ । यसका साथै व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनु आवश्यक भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । खाना खानुअघि, खाएपछि, फोहोर चलाएपछि र शौचालय गएपछि साबुनपानीले हात धुने बानी बसाल्दा यो रोगको नियन्त्रण गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले हैजा फैलन नदिन बचाऊ तथा सुरक्षा, तयारी र प्रतिक्रियामा केन्द्रित हुन सिफारिस गरेको छ । संगठनले हैजामाथि निगरानी राख्ने प्रणालीको व्यवस्था गर्न जोड दिएको छ । हैजाले मानिसलाई मृत्युको मुखमा पुर्‍याउन सक्ने भए पनि उपयुक्त सरसफाइका विधि अपनाउन सकेमा यसबाट सजिलै बच्न सकिन्छ । विकसित देशहरूमा साधारणतया सरसफाइ तथा विश्वव्यापी सुधारिएको पानी उपचार विधि अपनाइने हुनाले हाल हैजा मुख्य स्वास्थ्य समस्याको रूपमा रहेको छैन । अझै पनि धेरै स्थानमा खानेपानी र ढलको व्यवस्थापन तथा व्यक्तिगत सरसफाइको स्थिति चित्तबुझ्दो नभएकाले काठमाडौंबाहिर पनि हैजाको फैलनसक्ने सम्भावना रहेको बताइन्छ । देशका कतिपय स्थानमा झाडापखालाको कारण पत्ता लगाउन राम्रा प्रयोगशाला नभएको भएकाले हैजा हो कि हैन त्यो पत्ता लगाउन गाह्रो भएको देखिन्छ । हैजाका देखिएका ठाउँमा त्यो जीवाणु भएको स्रोत पत्ता लगाएर त्यसको व्यवस्थापन गर्नु सबैभन्दा उचित उपाय मानिन्छ । (डा. कार्की डिभाइन भेटेरिनरी क्लिनिक सिनामंगलका वरिष्ठ भेटेरिनरी हेल्थ म्यानेजमेण्ट कन्सल्टेण्ट हुन् ।)
प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP