मुगु- मुगु जिल्लामा लुम खोलाले बगाएर वेपत्ता भएको शव प्रहरीले फेला पारेकाे छ ।
मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका १३ स्थित लुम खोलाबाट असार १२ गते सोही ठाँउ बस्ने ४० वर्षीय पूर्ण बहादुर खड्काको शव सशस्त्र प्रहरीले फेला पारेको हाे ।
निज खड्का खोलाले बगाई वेपत्ता भएको भन्ने जानकारी पाएपछि प्रहरी उनकाे खोजीमा थिए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४५ गुल्म मुगुबाट खटिएको सशस्त्र प्रहरीले घटनास्थल भन्दा करीब पाँच सय मिटर तल फेला पारी खोलाबाट बाहिर निकालेको हो ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९ १८:४९