काठमाडाैं - दुई दिने गुम्बा व्यवस्थापन तालिम कार्यक्रम सञ्चालन सुरु भएको छ । सोमबार स्वयम्भूको च्वाइस होटेलमा बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति र सरकारको आयोजनामा जेठ ३० र ३१ गतेसम्म सो तालिम सञ्चालन गरिने भएको हो ।

कार्यक्रमको प्रमुख अतिथिमा बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) रहेका थिए । यस्तै कार्यक्रमको अतिथिमा नेपाल बौद्ध कग्यु संघका अध्यक्ष राजु गुरुङ, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होम बहादुर दोङलगायत प्रशिक्षकहरुलाई पनि स्वागत गराइएको थियो ।
स्वागत मन्तव्यमा गुम्बा विकास समितिका कार्यकारी निर्देशक दोङले गुम्बाबाट आएका ज्ञानलाई गाउँसमाजमा बाँड्नुपर्ने बताए । जनमानसमा बुद्ध शिक्षा पुर्याउनलाई बेला बेलामा यस्ता कार्यक्रमको जरुरी रहेको उनले बताए । यस्ता कार्यक्रममा चार सम्प्रदायमध्येमा आनीहरुको न्युन सहभागी रहेकोमा उनले गुनासोसमेत गरे । उनले कानुनी हिसाबले चुस्तदुरुस्त बनाउनलाई गुम्बाको आर्थिक पाटोको अडिट गर्ने कुरामा लेखा स्पष्ट हुनुपर्ने बताए ।

कार्यक्रमको प्रमुख अतिथिमा गुम्बा विकास समितिका अध्यक्ष शेर्पाले बदलिँदो राज्यको नीति नियम गुम्बाले जान्न जरुरी रहेको बताए । ‘राज्य भनेको हाम्रो अभिभावक हो’ उनले भने । गुम्बा पनि समयअनुसार काम कार्यमा फराकिलो हुन पर्ने उनले बताए । गुम्बा निर्माण एवम् कार्य गर्दा विभिन्न भाषादेखि अन्य समस्या आउने र भोग्दै आएकाले अब यस तालिमले थप सहयाेग पुग्नेमा उनले जोड दिए । गुम्बामा पनि सामाजिक रुपान्तरण फराकिलो रुपमा हुनुपर्ने उनले बताए ।आध्यात्मवाद र भाैतिकवाद्काे संयाेजन गर्न सक्नु नै आजको आवश्यकता रहेकाे उनको भनाई छ ।

दुई दिनमा चार जना प्रशिक्षकले तालिम दिने आयोजकले बताएको छ । प्रशिक्षकमा समितिका लेखा अधिकृत विनिता भण्डारी ,प्रशासकीय अधिकृत बन्दना कुमारी झा ,योजना अधिकृत सन्जु योङ्गया रहेका छन् । आचार्य नाेर्बु शेर्पाले दाेस्राे दिनका लागि बाैद्ध दर्शनसम्बन्धी प्रशिक्षण दिने बताइएको छ । कार्यक्रममा नेपालका विभिन्न स्थानबाट सो तालिममा सहभागी रहेको आयोजकले जनाएको छ ।
रामेछापबाट पासाङ शेर्पा; मनाङबाट दाेर्जेछिरिङ लामा ,छिरिङदाेर्जे लामा ,ङावाधाेर्जे गुरुङ ,देछेन घले ; सिन्धुपाल्चोकबाट टिम्बरसिङ्गी लामा,ग्याल्जेन शेर्पा ,पासाङदोर्जे लामा;गोरखाबाट कर्माराब्जम लामा , पेमाछेटेन लामा , ल्हाक्पाछिरिङ लामा ,छेवाङदाेर्जे लामा; मकवानपुरबाट गरपबहादुर मुक्तान, जुम्लाबाट छिरिङ तामाङ (लामा), साङमो तामाङ,जिग्मेलोसाल लामा ; मुगुबाट ठिन्लेनाेर्बु गुरुङ , छिरिङसान्डुप लामा ,याेदिन तामाङ(लामा) ,पेमादोर्जे तामाङ, उर्गेन तामाङ, धोङागतेन्जीन लामा; मुस्ताङबाट झव्याङटसी गुरुङ ; झापाबाट पेम्बा शेर्पा ;भारतदेखि ताेन्जिङ शेर्पा र देछेन आङमोलगायत अन्य सहभागी रहेका छन् ।