Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दलका घोषणापत्रमा वैदेशिक रोजगार
दलका घोषणापत्रमा वैदेशिक रोजगार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १४, २०७९
Ghosanapatra
Hardik health
काठमाडौं– स्थानीय तहको निर्वाचन आउन अब १६ दिनमात्रै बाँकी छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता भइसकेको छ । यसैबीच राजनीतिक दलले आङ्खना चुनावी घोषणापत्र तयार पारेर जनताको घरदैलोमा पुर्‍याइरहेका छन् । दलहरूको घोषणापत्रमा वैदेशिक रोजगारीको विषयले पनि स्थान पाएको छ । दलहरूले जनतासामु प्रस्तुत गरेका घोषणापत्रमा रोजगारीका लागि विदेश जाने श्रमिकका लागि तालिम दिनेदेखि विदेश जाने बाध्यता नै अन्त्य गर्नेसम्मका वाचा गरेका छन् । त्यसैगरी राजनीतिक दलले विदेशमा रोजगारीका लागि गएका युवाले कमाएको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि छुट्टै कोष निर्माण गरिने कुरा घोषणापत्रमा समेटेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको घोषणापत्रमा ‘एक स्थानीय तह, एक तालिम केन्द्र’ निर्माण गरिने उल्लेख छ । त्यस्तै सत्तारुढ दल नेपाली कांग्रेसले श्रमको लागि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यत्मक अवस्थालाई अन्त्य गर्ने कुरा घोषणापत्रमा उल्लेख गरेको छ । जनता समाजवादी पार्टी नेपालले वैदेशिक रोजगारीमा गएका युवाहरूले आर्जन गरेको रकमलाई जलविद्युत्लगायतका उत्पादनमूलक क्षेत्रका सेयरमा लगानी गर्ने उल्लेख गरेको छ । त्यसका लागि छुट्टै कोष निर्माण गर्ने कुरा जसपाको घोषणापत्रमा उल्लेख गरिएको छ । कांग्रेसले घोषणापत्रमा वैदेशिक रोजगारीमा जानेहरूका लागि जानुपूर्व सीप र दक्षता अभिवृद्धिका लागि रूचि, क्षेत्र र आवश्यकता अनुसारको तालिम प्रदान गर्ने कुरासमेत उल्लेख गरेको छ । साथै, वैदेशिक रोजगारीमा गएर फर्केका श्रमिकहरूको सीप, दक्षता र आर्जन गरेको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरेर निवृत्तिभरण सरहको लाभांश पाउनेगरी लागानी गरिने जनाएको छ । कांग्रेसले जलविद्युत्, पूर्वाधार बैंक, आवासजस्ता आयोजना स्थानीय तहमा नै कार्यान्वयन गरिने र त्यसमा रोजगारीमा गएर आएका व्यक्तिहरूको लगानी गरी निवृत्तिभरण हुने गरी काम गरिने उल्लेख छ । कांग्रेसले वैदेशिक रोजगारीसँगै गैरआवासीय नेपाली समुदायलाई पनि जोडेर उनीहरूको पुँजी, ज्ञान र सीपलाई समेत मुलुककको विकासमा लगाउने कुरा आङ्खनो घोषणापत्रमा उल्लेख गरेको छ । एमालेले घोषणापत्रमा वैदेशिक रोजगारमा जानेका लागि एक स्थानीय तहमा एक तालिम केन्द्र स्थापनासँगै विदेशबाट फर्केका व्यक्तिहरूको ज्ञान, सीप र पुँजीको सदुपयोग गर्नेसम्बन्धी कार्यक्रम सञ्चालन गर्नेसमेत घोषणापत्रमा उल्लेख गरेको छ । समृद्धिका लागि सहकारी, स्थानीय पुँजीको संकलन, उद्यमशीलताको विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारण गर्न सहकारीलाई विकास गर्ने भन्दै एमालेले युवाहरूलाई स्वदेशमै रोजगारी, सम्मान र समृद्धि हासिल गर्न सार्वजनिक, निजी र सहकारी माध्यमद्वारा औद्योगिकीकरण गर्दै उत्पादन वृद्धि गरी रोजगारी सिर्जना, गरिबी निवारण र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने बताएको छ । देशमा देखिएको बेरोजगारीको समस्याको समाधानका लागि प्रत्येक पालिकामा कम्तीमा एउटा औद्योगिक ग्राम र प्रत्येक प्रदेशमा कम्तीमा एउटा औद्योगिक क्षेत्र स्थापना गर्ने कुरा पनि एमालेको घोषणापत्रमा अटाएको छ । उसले केही समयअघि स्थानीय तहमा स्थापना गरिएका रोजगार सूचना केन्द्रलाई थप प्रभावकारी बनाउँदै बेरोजगारको तथ्यांक संकलन गरी उनीहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध गर्नेसमेत बताएको छ । यसअघि घोषणा गरिएका सरकारी कार्यक्रम असफल भए पनि एमालेले स्वरोजगार बन्न चाहने बेरोजगारलाई सहुलियत ऋण वा अनुदान सहयोग उपलब्ध गराउने विषयलाई घोषणापत्रमा अटाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  ०८:२८
#वैदेशिक_रोजगार #घोषणापत्र
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP