Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अनलाइन प्रणाली झन्झटिलो बनेको व्यवसायीको गुनासो
अनलाइन प्रणाली झन्झटिलो बनेको व्यवसायीको गुनासो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १३, २०७९
baideshik-rojgar-bivag_1269301958
Hardik health
काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम पूर्णरूपमा अनलाइन प्रणालीमा लगेको छ । व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति यसअघि नै अनलाइन प्रणालीमा लगेको विभागले संस्थागत श्रम स्वीकृतिलाई पनि केही दिनअघिदेखि अनलाइनमा लगेको थियो । त्यसयता विभागको ताहाचलस्थित काठमाडौं कार्यालय सुनसान देखिन थालेको छ । सेवाग्राहीले अनलाइनबाटै श्रम स्वीकृतिका काम गर्ने भएकाले ताहाचल कार्यालय सुनसान बनेको हो । व्यवसायीहरूले भने अनलाइन प्रणालीलाई प्रभावकारी नबनाएका कारण समस्या भोग्नुपरेको गुनासो गरेका छन् । अनलाइन प्रणालीले सहजभन्दा पनि समस्या थपिदिएको उनीहरूको भनाइ छ । अनलाइन प्रणालीमार्फत श्रम स्वीकृतिका लागि समय धेरै लाग्ने गरेको व्यवसायीहरूले बताए । भौतिकरूपमा श्रम स्वीकृतिको कार्य गर्दा बढीमा दुई दिन लाग्ने गरेको भए पनि अहिले भने एक हप्ता लाग्ने गरेको व्यवसायी बताउँछन् । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारीले अनलाइन प्रणालीले थप झन्झट र समस्या उत्पन्न गराएको बताए । पछिल्लो समय तोकिएको समयमा काम नहुने र धेरै ‘रिजेक्ट’ हुने गरेको उनले बताए । यस विषयमा विभागसँग छलफल गरिने उनको भनाइ छ । ‘प्रणाली नयाँ भएर पनि हुनसक्छ तर यसलाई व्यवस्थित बनाउनुपर्छ,’ अध्यक्ष भण्डारीले भने । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनका सहसचिव हर्कबहादुर लिम्बूले पनि ताहाचल कार्यालयले अनलाइनबाट तीन दिनमा सेवा प्रवाह गर्ने भने पनि त्यस्तो नभएको बताए । ‘अनलाइन प्रणाली व्यवसायीको सहजता र छिटोका लागि ल्याइएको भए पनि त्यो कार्य अहिले व्यवसायीका लागि झन्झटिलो बनेको छ,’ लिम्बूले भने । उनका अनुसार भौतिक रूपमा श्रम स्वीकृतिको काम अवस्था हेरेर एकै दिनमासमेत हुने गरेको थियो । तर, अहिले अझ व्यवस्थित र भरपर्दा बनाइएको भनिए पनि थप समस्या देखिएको छ । यस विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी भइरहेको उनले बताए । केही दिनअघि एक म्यानपावरको काम समयमा नसकिएका कारण हवाई टिकटसमेत रद्द हुन पुगेको उनले सुनाए । ‘वैदेशिक रोजगार विभागले तीन दिनभित्र रेस्पोन्स गर्नका लागि निर्देशन दिएको भए पनि सोहीअनुसारको काम कर्मचारीबाट हुन नसकेको अवस्था छ,’ लिम्बूले भने । व्यवसायीका लागि व्यवसायमैत्री र सहज सरल बनाउनका लागि लाग्नुपर्ने अवस्था छ र यसलाई व्यवस्थित गर्नुपर्ने देखिएको लिम्बुको भनाइ छ । अनलाइन प्रणालीमा गएपछि ताहाचलमा रहेको कार्यालयमा प्रवेश गर्नसमेत कठिन हुने गरेको व्यवसायीहरूले बताएका छन् । सरकारी कार्यालयमा ‘हेल्प डेक्स’ राखेर सेवाग्राहीलाई सेवा प्रवाह गर्नुपर्नेमा त्यस्तो नभएको व्यवसायीहरूको गुनासो छ । अनलाइन भने पनि ‘सबमिट’ गरिसकेपछि कर्मचारीलाई फोन गरेर जानकारी गराउनुपर्ने अवस्था रहेको एक जना प्रतिनिधि रोमन काफ्लेले बताए । ‘अहिले अनलाइन भन्नुमात्रै हो, सबमिट गरेपछि कर्मचारीलाई फोन नगर्दासम्म काम हुँदैन,’ उनले सुनाए । फोनमा कुरा गरेर पैसाको विषयमा कुरा मिलेपछि मात्रै फाइल अगाडी बढ्ने गरेको उनको आरोप छ । ‘भौतिक रूपमा काम गर्दा समस्या राख्न पाइने भए पनि अहिले अनलाइनका नाममा गुनासाहरू राख्नसमेत नपाइने अवस्था छ । साथै, राणा शासनजस्तो गरी कार्यालय परिसरभित्र प्रवेश गर्नसमेत नपाइने अवस्था छ,’ उनले भने । अनलाइन प्रणाली राम्रो भए पनि कार्यान्वयन राम्रोसँग हुन नसकेको व्यवसायीहरूको गुनासो छ । वैदेशिक रोजगार विभागको ताहाचल कार्यालयका निर्देशक तथा सूचना अधिकारी हरिराम नागिलाले भने व्यवसायीले राखेको गुनासोमा कुनै सत्यता नरहेको बताएका छन् । विभागले भनेअनुसारको समयमा काम सम्पन्न गर्ने गरेको उनले दाबी गरे । साथै, केही दिन पहिले प्रविधिमा देखिएको समस्याका कारण समस्या भए पनि अहिले कुनै समस्या नभएको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ०८:२६
#वैदेशिक_रोजगार
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP