Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अनलाइन प्रणाली झन्झटिलो बनेको व्यवसायीको गुनासो
अनलाइन प्रणाली झन्झटिलो बनेको व्यवसायीको गुनासो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १३, २०७९
baideshik-rojgar-bivag_1269301958
Hardik health
काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम पूर्णरूपमा अनलाइन प्रणालीमा लगेको छ । व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति यसअघि नै अनलाइन प्रणालीमा लगेको विभागले संस्थागत श्रम स्वीकृतिलाई पनि केही दिनअघिदेखि अनलाइनमा लगेको थियो । त्यसयता विभागको ताहाचलस्थित काठमाडौं कार्यालय सुनसान देखिन थालेको छ । सेवाग्राहीले अनलाइनबाटै श्रम स्वीकृतिका काम गर्ने भएकाले ताहाचल कार्यालय सुनसान बनेको हो । व्यवसायीहरूले भने अनलाइन प्रणालीलाई प्रभावकारी नबनाएका कारण समस्या भोग्नुपरेको गुनासो गरेका छन् । अनलाइन प्रणालीले सहजभन्दा पनि समस्या थपिदिएको उनीहरूको भनाइ छ । अनलाइन प्रणालीमार्फत श्रम स्वीकृतिका लागि समय धेरै लाग्ने गरेको व्यवसायीहरूले बताए । भौतिकरूपमा श्रम स्वीकृतिको कार्य गर्दा बढीमा दुई दिन लाग्ने गरेको भए पनि अहिले भने एक हप्ता लाग्ने गरेको व्यवसायी बताउँछन् । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारीले अनलाइन प्रणालीले थप झन्झट र समस्या उत्पन्न गराएको बताए । पछिल्लो समय तोकिएको समयमा काम नहुने र धेरै ‘रिजेक्ट’ हुने गरेको उनले बताए । यस विषयमा विभागसँग छलफल गरिने उनको भनाइ छ । ‘प्रणाली नयाँ भएर पनि हुनसक्छ तर यसलाई व्यवस्थित बनाउनुपर्छ,’ अध्यक्ष भण्डारीले भने । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनका सहसचिव हर्कबहादुर लिम्बूले पनि ताहाचल कार्यालयले अनलाइनबाट तीन दिनमा सेवा प्रवाह गर्ने भने पनि त्यस्तो नभएको बताए । ‘अनलाइन प्रणाली व्यवसायीको सहजता र छिटोका लागि ल्याइएको भए पनि त्यो कार्य अहिले व्यवसायीका लागि झन्झटिलो बनेको छ,’ लिम्बूले भने । उनका अनुसार भौतिक रूपमा श्रम स्वीकृतिको काम अवस्था हेरेर एकै दिनमासमेत हुने गरेको थियो । तर, अहिले अझ व्यवस्थित र भरपर्दा बनाइएको भनिए पनि थप समस्या देखिएको छ । यस विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी भइरहेको उनले बताए । केही दिनअघि एक म्यानपावरको काम समयमा नसकिएका कारण हवाई टिकटसमेत रद्द हुन पुगेको उनले सुनाए । ‘वैदेशिक रोजगार विभागले तीन दिनभित्र रेस्पोन्स गर्नका लागि निर्देशन दिएको भए पनि सोहीअनुसारको काम कर्मचारीबाट हुन नसकेको अवस्था छ,’ लिम्बूले भने । व्यवसायीका लागि व्यवसायमैत्री र सहज सरल बनाउनका लागि लाग्नुपर्ने अवस्था छ र यसलाई व्यवस्थित गर्नुपर्ने देखिएको लिम्बुको भनाइ छ । अनलाइन प्रणालीमा गएपछि ताहाचलमा रहेको कार्यालयमा प्रवेश गर्नसमेत कठिन हुने गरेको व्यवसायीहरूले बताएका छन् । सरकारी कार्यालयमा ‘हेल्प डेक्स’ राखेर सेवाग्राहीलाई सेवा प्रवाह गर्नुपर्नेमा त्यस्तो नभएको व्यवसायीहरूको गुनासो छ । अनलाइन भने पनि ‘सबमिट’ गरिसकेपछि कर्मचारीलाई फोन गरेर जानकारी गराउनुपर्ने अवस्था रहेको एक जना प्रतिनिधि रोमन काफ्लेले बताए । ‘अहिले अनलाइन भन्नुमात्रै हो, सबमिट गरेपछि कर्मचारीलाई फोन नगर्दासम्म काम हुँदैन,’ उनले सुनाए । फोनमा कुरा गरेर पैसाको विषयमा कुरा मिलेपछि मात्रै फाइल अगाडी बढ्ने गरेको उनको आरोप छ । ‘भौतिक रूपमा काम गर्दा समस्या राख्न पाइने भए पनि अहिले अनलाइनका नाममा गुनासाहरू राख्नसमेत नपाइने अवस्था छ । साथै, राणा शासनजस्तो गरी कार्यालय परिसरभित्र प्रवेश गर्नसमेत नपाइने अवस्था छ,’ उनले भने । अनलाइन प्रणाली राम्रो भए पनि कार्यान्वयन राम्रोसँग हुन नसकेको व्यवसायीहरूको गुनासो छ । वैदेशिक रोजगार विभागको ताहाचल कार्यालयका निर्देशक तथा सूचना अधिकारी हरिराम नागिलाले भने व्यवसायीले राखेको गुनासोमा कुनै सत्यता नरहेको बताएका छन् । विभागले भनेअनुसारको समयमा काम सम्पन्न गर्ने गरेको उनले दाबी गरे । साथै, केही दिन पहिले प्रविधिमा देखिएको समस्याका कारण समस्या भए पनि अहिले कुनै समस्या नभएको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ०८:२६
#वैदेशिक_रोजगार
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP