Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • चेतनशील जनता र मुलुकको राजनीति
चेतनशील जनता र मुलुकको राजनीति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ११, २०७८
gharti
Hardik health
[caption id="attachment_21012" align="alignleft" width="53"] बालाराम घर्ती मगर[/caption] मुलुकको राष्ट्रिय राजनीति लिकमा छैन । सत्तापक्ष प्रतिपक्षमा फाटो हुनु त स्वाभाविक हो तर आफ्नो स्वार्थका कारण मुलुकलाई बन्धक बनाउन राजनीति गर्न पाइँदैन । विभिन्न बहानामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् चल्न दिएको छैन । प्रधानन्यायाधीशमाथि महाअभियोग संसद्मा दर्ता छ । सबैभन्दा मँल नीति राजनीति हो । राजनीतिमा कृषि, गृह समाज, अर्थतन्त्रलगायत सबै पर्छन् । यसले सबैलाई परिचालन गर्छ । राजनीतिमा लाग्नेले संयम भएर यसको परिचालन गर्नुपर्छ, चलाउनुपर्छ । यदि राजनीति चलाउने व्यक्ति सही भएन भने देशमा विकृति विसंगति पैदा हुन पुग्छ । त्यसैले देश बनाउने हो भने पहिला राजनीतिलाई लिकमा चलाउनुपर्छ । राजनीति गर्नेले देश हेर्नुपर्छ, समाज हेर्नुपर्छ, जनता हेर्नुपर्छ । तर, अहिले यो सबै कुरा नभएको अवस्था छ । यस्तो राजनीति गरिनुमा प्रणालीकै दोष हो वा राजनीतिक नेतृत्वको दोष हो, यसलाई गम्भीर भएर विश्लेषण गर्ने बेला आएको छ ।राजनीतिमा एउटा सत्तापक्ष अर्काे प्रतिपक्ष हुन्छ । यी दुवैले आ–आफ्नो तौरतरिकाबाट जिम्मेवारी वहन गरेका हुन्छन् । देवताको पालामा पनि दानव र देवता थिए । दानव प्रतिपक्ष र देवता सत्तापक्ष थिए । नराम्रो काममा लागेकाले र देवताको प्रतिपक्ष भनिएकाले दानव भनियो, नराम्रो दृष्टिकोणबाट हेरियो । सत्तापक्ष र प्रतिपक्ष त देवताको पालादेखि नै चल्दै आएको हो । दानवहरू देवताको घोर विरोधी हुन्, उनीहरू पनि देवताहरूलाई हराएर सत्ता कब्जा गर्न चाहन्थे, कतिपय समयमा दानवहरूले देवताहरूलाई हराए पनि । त्यसैले अहिलेको विश्वमा भइरहेको सत्तापक्ष र प्रतिपक्ष स्वाभाविक हो । तर अहिलेको जनता चेतनशील छन्, उनीहरूमा चेतना आइसकेको छ । वर्तमान आधुनिक युगमा मात्र होइन अनन्त समयसम्म सत्तापक्ष र प्रतिपक्ष रहन्छ । सत्तापक्ष र प्रतिपक्ष भोलि सकिने, पर्सी सकिने होइन । यसको शृंखला चलिरहन्छ । चित्त नबुझ्दा विरोध गर्न पाइन्छ तर मुलुकलाई आफ्नो स्वार्थका लागि बन्धक बनाउन पाइँदैन । राष्ट्रिय स्वार्थका लागि सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ । सरकारी पक्षले विपक्षीका कुरा सुन्नुपर्छ । आफँलाई चित्त नबुझेको कुरा प्रतिपक्षले खुलस्त राख्न पाउनुपर्छ, तर त्यसो भन्दैमा प्रतिपक्ष सीमाभन्दा बाहिर जानु कदापि हुँदैन । यसै क्रममा सरकारी क्रियाकलापलाई जनताले मँल्यांकन गर्ने बेला आएको छ । हामीले सरकारले राम्रो ग¥यो या गरेन भन्नु भन्दा जनताले नै यस बारेमा बोल्नुपर्छ । यसै मेसोमा सत्तापक्षले राखेको कुरा सही हो, जनप्रतिनिधिको थलो संसद्लाई लामो समयसम्म बन्धक बनाएर राख्न पाइँदैन भनेर सत्ता गठबन्धनले भनेको कुरालाई अन्यथा लिनु हुँदैन । प्रतिपक्षले पनि सत्तापक्षले भनेका कुरा सुन्नुपर्छ, मान्नुपर्छ । विश्व इतिहासमा सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढेको देश पनि छन् । हाम्रो देशमा भने सत्तापक्ष र प्रतिपक्ष किन मिल्न सक्दैनन् ? सधैँ विभाजित मात्रै हुने होइन, मुलुकका खास–खास कुरामा सत्तापक्ष र प्रतिपक्ष मिलेर सदनमा प्रस्तुत हुनुपर्छ । कोरोना भाइरसको महामारी नेपालमा मात्र होइन, विश्वव्यापी फैलिएको छ । यस्ता महामारी पौराणिक कालदेखि नै चल्दै आएको हो । कहिले कुन रोगले त कहिले कुन रोगले मानिसलाई दुःख दिँदै आएको थियो, अहिले पनि दुःख दिइरहेको छ । तर लाखौं लाखको ज्यान लिने कोरोना महामारी विश्वव्यापी रूपमा कसरी फैलियो ? कोरोनाको सुरूआत कसरी भयो ? यी विषयमा गम्भीर भएर सोच्नुपर्छ । कोरोनाले संसारभर धेरै नोक्सान गरिसक्यो । खोप आए पनि औषधि अझै बनिसकेको छैन । कोरोनाविरुद्धको औषधि आउँछ कि आउँदैन, त्यो पनि विचारानीय छ । कोरोनालाई विश्वभरबाट अन्त्य गर्नुपर्छ । कोरोना अहिले मात्र होकि फेरि पुनःजागृत हुन्छ, डरलाग्दो पक्ष यही हो । त्यसैले हामी यसका बारेमा थप सजग हुनु आवश्यक छ । सरकारले कोरोनाविरुद्धको खोज जसरी तदारुकताका साथ लगाइरहेको छ, यो भने स्वागतयोग्य छ । यसैगरी एमसिसीका बारेमा भन्नुपर्दा एमसिसी सहायता हो, मित्रराष्ट्र अमेरिकाले राम्रो मनले यो सहयोग दिन लागेको जस्तो लाग्छ । नेपालका विभिन्न आयोजना निर्माण गर्न दिन लागेको सहयोगलाई अन्यथा किन लिने ? एमसिसी हाम्रो देशमा मात्र होइन अन्त पनि छ भने हाम्रै देशमाचाहिँ विरोध हुनु अस्वाभाविक ठान्छु । यस मेसोमा कमल थापाले अर्काे पार्टी खोलेको सुनेँ, समाचारमा पढेँ । तर उहाँले यही मँल पार्टी राप्रपामै रहेको भए हुन्थ्यो, तर व्यक्ति आफ्नो इच्छाअनुसार चल्न स्वतन्त्र हुन्छ । कमल थापा पनि नयाँ पार्टी खोल्न स्वतन्त्र हुनुहुन्छ । दशकौं उहाँ राप्रपाको नेतृत्वमा रहनुभयो, त्यसैले उहाँले नयाँ पार्टी नखोलेको भए राम्रो हुन्थ्यो । यदि राप्रपालाई नै विस्तार गर्न सक्रिय भएको भए हुन्थ्यो तर चुनावको मुखमा उहाँले राप्रपा छोड्नुभयो । नयाँ पार्टी घोषणा गर्नुभयो । संविधानअनुसार दल खोल्न पाइन्छ । कमल थापाले पनि आफ्नो स्वतन्त्रता प्रयोग गर्नुभएको होला । तर उहाँले मँलघर छोडेकाले मलाई दुःख लागेको छ । यसै मेसोमा भन्नुपर्दा राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशनमा गरेका वाचा पँरा गर्नुहुनेछ भन्ने मलाई लागेको छ । उहाँलाई मेरो पनि शुभकामना छ । राजनीतिमा लाग्दा कहिले हार हुन्छ, कहिले जित हुन्छ । हारलाई पनि स्वाभाविक रूपमा लिनुपर्छ । कहिले गरिन्छ, कहिले जितिन्छ, एक पटक हार्नेले अर्काे पटक जित्छ । राप्रपाको महाधिवेशनको मत परिणामलाई मैले स्वाभाविक रूपमा लिएको छु । तर चुनाव निष्पक्ष छ भने हार्नेले बखेडा झिक्न पाइँदैन । एक पटक हारियो अर्काे पटक जितिन्छ, यही हो राजनीति चुनावमा सबैले जित्ने, सबैले हार्ने त होइन नि यो विश्वव्यापी मान्यता हो । खासमा भन्नुपर्दा नेपालमा दिनानु दिन महँगी बढिरहेको छ । सबैले खेती गर्न छाडे भने कसरी हुन्न महँगी ? स्वदेशमा उत्पादन भएन, विदेशबाट ल्याउनुपर्छ, अनि कसरी हुन्न महँगी ? खेती पेसामा लाग्नुपर्ने होनाहार युवा रोजगारीका लागि विदेशिएका छन् । अब कसले गर्छ खेती ? धान, दाललगायत सबैको उत्पादनमा कमी छ । यहाँ कानुन छलेर भइरहेको मँल्यवृद्धि भइरहेको छ । यसलाई रोक्न सरकार गम्भीर हुनु आवश्यक छ । अन्तमा, म सम्पँर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा मेलमिलाप होस्, जनता सुखले बाँच्न पाउन, आपसमा सहयोग र मित्रता साटासाट होस् । २१औं शताब्दीमा प्रवेश गरेका हामी फेरि जंगली मानिसजस्तो बस्नु हुँदैन । राज्यको नियम, कानुनअनुसार बस्नुपर्छ । संयुक्त राष्ट्रसंघले समेत विश्वमा नियम कानुन पालना गर्न सघाइरहेको छ । त्यसैले हामी आपसमा मिलेर अघि बढौं, हामीमा सबैमा वैरभाव नहोस् । (लेखक पँर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् ।)
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP