Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • शासकवर्गको अराजक शैलीका कारण लोकतन्त्र बदनाम
शासकवर्गको अराजक शैलीका कारण लोकतन्त्र बदनाम
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ४, २०७८
Upendra Jha
Hardik health
लोकवाणी मात्र होइन, अराजकता फैलाउने शीर्ष राजनीतिक दलहरूले पनि राजनीतिक अराजकता व्याप्त रहेको कुरा स्विकारेको अवस्था छ । अकर्मण्य र स्वेच्छाचारी सबैले राजनीतिक असन्तुष्टता प्रकट गर्नु प्रणालीमा रहेको अराजकतालाई औँल्याउँछ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा गर्दा मौलिक फूर्तिको प्रदर्शन गर्नेहरू पनि यस प्रणालीबाट दिक्क मानेका छन् । दिनहुँ लुगा फेरेजस्तै प्रणाली पनि फेर्ने शासक वर्ग कुन प्रणाली रुचाउँछन् प्रष्ट हुन सकेको देखिँदैन । संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनसरोकारको प्रणाली बनाउन, विकासको गतिलाई तीव्र बनाउन उत्साही जनताले पहिलोपटक दुई तिहाइको जनादेश दिएर नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई विश्वास गरेको थियो । ऐतिहासिक राजनीतिक प्रतिष्ठा प्राप्त गरेको ओली सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको प्रणालीभन्दा बाहिर गएर स्वतन्त्र रूपले सरकार सञ्चालन गर्दा राजनीतिक अराजकता बढ्न थाल्यो । ओलीको उखान टुक्कामा हाँसेर रमाउनेहरू पनि ओलीको शासन शैली निरंकुश भयो भनेर अभिव्यक्ति दिन थाल्दा ओलीको अलोकप्रियता बढ्न थाल्यो । देश र जनताप्रतिको दायित्व र जिम्मेवारीबाट अलग्गिँदै ओली राजाको शैलीमा शासन थाल्दा कम्युनिस्ट चरित्रको यस्ता निकृष्ट प्रदर्शनले अराजकतालाई खुल्लेआम मैदानमा उतार्‍यो । भनिन्छ, देश र जनताको अपेक्षा पूरा गर्न शासक अलिकति निरंकुश पनि बन्छन् । त्यो निरंकुशता जो जनताको भलोका लागि आएको हुन्छ, सबैका लागि ग्राह्य हुन्छ । तर नितान्त व्यक्तिगत स्वार्थ सिद्धिका लागि प्रयोग हुन निरंकुशता राजनीतिक अराजकतालाई निम्त्याउँछ । ओली सरकारमा यही भएको हो । ऐतिहासिक राजनीतिक अवसर प्राप्त गरेको ओली सरकार देश र जनताका लागि अवसर प्रयोग नगरी आसेपासे वा आफ्ना समर्थक व्यक्ति वा कर्मचारीलाई आर्थिक अनियमिततालाई बढावा दिन प्रयोग भएकाले अरु सरकारभन्दा ओली सरकारको बढी आलोचना भएको हो । जनताको जनादेशलाई निजी स्वार्थमा प्रयोग गर्ने ओली सरकारको पालामा आएको बेथितिले समग्र प्रणालीमाथि नै प्रश्नचिह्न खडा गरी दिएको छ । संघीयताको खारेजी विपक्षीहरूका राजनीतिक एजेन्डा बन्न थालेको छ । १० वर्षमा आन्दोलन आउने र संविधान समाप्त गर्ने नेपाली राजनीतिको विशेषता रहेकाले यसपाली त १० वर्ष पनि पूरा हुने छाँट छैन । ओलीलाई एमसिसीको स्वाद चाख्न नदिने विपक्षी र शक्तिकेन्द्रको रणनीतिले कम्फरटेबल सरकार ल्याउन बनाएको रणनीतिअनुसार नै अहिले शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । साझा रणनीति कायम रही शेरबहादुरको सरकारले एमसिसी पास गर्ने कुरा विस्तारै जटिल बन्ने सम्भावना देखिन्छ । पुष्पकमल दाहाल एमसिसीको पक्षमा छन् भने माओवादीका अरु नेताहरू विपक्षमा छन् । माधव नेपाल पक्षका नेता डा.भीम रावल, माओवादीका नेता देव गुरुङहरू एमसिसीलाई राष्ट्रघाती भनिरहेका छन् । ओली एमसिसीको पक्षमा बोले तापनि आफ्नो पहुँचभन्दा एमसिसीलाई बाहिर लगेका कारण उनले आफ्नो मतको दुरूपयोग किन गर्छन् ? राजावादी हिन्दूवादीहरूको ओलीलाई व्यापक समर्थन थियो । अहिले उनी एमसिसीको कडा विरोधमा उत्रेका छन् । एमसिसी राष्ट्रघाती सम्झौता हो भनेर असन्तुष्ट पक्षको बलियो जनआधार बन्ने कुरामा किञ्चित शंका छैन । यसमा ओली पक्ष पनि सामेल नहोला भन्न सकिन्न । राष्ट्रवादी छवि उनैको हो । हरेक परिवर्तनसँगै स्वार्थको चरित्र पनि बद्लिँदै जाने यहाँको अनौठो चलन रहेको छ । गठबन्धनको स्वार्थलाई एमसिसीको स्वार्थसँग जोड्नु सजिलो छैन । सरकार सहयोगी दलहरूलाई पक्षमा उतार्नुभन्दा पूर्व नै एमसिसीविरुद्धको विपक्षको ठूलो भेलले सबै मनसायलाई नेस्तनाबुद गर्ने सम्भावना पनि प्रवल छ । राजनीतिक दलहरू स्वार्थपूर्तिका लागि एक अर्कालाई सहयोग गर्छन् । देश र जनताका लागि एक अर्कालाई सहयोग गर्ने भावनाको नितान्त अभाव छ । कुरा परोपकारको गर्ने तर काम व्यक्तिगत गर्ने यही मानसिकताबाट सबै प्रेरित रहेकाले अराजकता स्वतः निम्तिने स्पष्ट छ । ओलीको पालामा दास गुलामबाहेक सरकारमा अरु समावेश हुन नपाइनेको विरुद्ध शेरबहादुर देउवाको मन्त्रिमण्डलमा सबै दलहरू समावेश हुने स्वार्थ मिलेको कारण गठबन्धनको सरकार बनाउन सबै प्रेरित भए । अर्को खास कुरा ओलीको नेतृत्वमा चुनाव हुँदा आसेपासे जित्ने सम्भावनाबाट पनि डराएर दलहरूले गठबन्धनको सरकार बनाए । निजी स्वार्थ पूरा गर्नुबाहेक सरकारको फरक चरित्र केही छैन । विगतका घटनाक्रमहरूबाट एउटा कुरा के साबित भएको छ कि देश र जनताको हितमा लोकतान्त्रिक पद्धतिलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारे कुनै पनि शीर्ष दलका नेताहरू असक्षम भएका छन् । यिनीहरूद्वारा प्रयोग भएको लोकतान्त्रिक प्रक्रिया जनताहित विपरीत साबित हुन गएकोले लोकतान्त्रिक प्रणाली नै कलंकित भएको छ । आफ्नो अज्ञानता, असक्षमताका कारण प्रणाली नै बदनाम हुने अवस्थामा कमी कमजोरीको समीक्षा नगरी एक अर्कालाई दोषारोपण गरी उम्कने अर्को असक्षमता हो । राज्यसत्ता हाम्रो पेवा हो भन्ने मान्यतालाई वैधानिकता प्रदान गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी दुवै शीर्ष दल सफल भएका छन् । यसरी राज्यसत्तामाथि पालैपालो सवारी गर्ने यी दल मात्र शासकको रूपमा विकसित भएको छ । लोकतन्त्रको विकृत रूप देखेर जनतामाझबाट राजा आउ, देश बचाउको नारा पनि घन्किन थालेको छ । देवत्व स्थानमा रहेका यी शासकवर्गको अराजक शैलीबाट लोकतन्त्र बदनाम भई जनताले राजाको आह्वान गर्न थालेकोले आफ्नो चरित्रमा सुधार ल्याउ भन्ने सुझाव पनि सूर्यलाई दीपक देखाउने जस्तो हो । देवत्व स्थानमा त पूजा मात्र हुन्छ । कुपात्र भनेर आलोचना गरिँदैन । असक्षमताले असन्तुष्टता, अराजकता, द्वन्द्व र परिवर्तन ल्याई रहन्छ । परिस्थितिवश क्रिया, प्रतिक्रियाको माध्यमले समाज परिवर्तन भई रहने नैसर्गिक नियम हो । यसमा कोही कलंकित हुन्छ । कसैले इतिहास रच्छ । (मधेस दर्पण फिचर सेवा)
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  ०३:२५
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP