Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • नेपाल विकासका प्रमुख चार सूत्रहरू
नेपाल विकासका प्रमुख चार सूत्रहरू
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १०, २०७८
Krishnaa
Hardik health
नेपालको राजनीतिक तथा भौगोलिक अवस्थाको अध्ययन गरेपश्चात मात्र देश विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा लिनुपर्ने हुन्छ । हामी दुई जना मिलेर ७७ वटै जिल्लामा देश विकासका लागि के–कस्ता सम्भावना छन् र के–के गर्न सकिन्छ भनी वस्तुगत भ्रमण गरेका छौँ । नेपालजस्तो भौगोलिक अवस्था र भूपरिवेष्ठित अल्पविकसित देशको विकासका लागि अरु देशको विकास मोडेल ल्याउन आवश्यक छैन, न त त्यो मोडेललाई यहाँ लागू गर्न सकिन्छ । नेपालको विकासका लागि देखिएका विभिन्न तरिकामध्ये निम्न आधारहरू प्रमुख देखिन्छन् । एकदेखि चार शब्दमा विकास गर्न सकिने मन्त्र हामीले यसरी देखाएका छौँ । एक शब्दमा – दक्ष जनशक्ति दुई शब्दमा – दक्ष जनशक्ति र राजनीतिक स्थिरता तीन शब्दमा –दक्ष जनशक्ति, राजनीतिक स्थिरता रप्राकृतिक स्रोत चार शब्दमा – दक्ष जनशक्ति, राजनीतिक स्थिरता, प्राकृतिक स्रोत र सडक देश विकासका लागि एक शब्दको मन्त्रबाट सुरुवात गर्ने दक्ष जनशक्ति :– नेपालको जनशक्ति समय अनुसार परिवर्तन गर्न सकिएको छैन । आजभन्दा ४०/५० वर्ष पहिले नेपालको जनशक्ति विश्व बजारमा अलिअलि बेचिन सक्थ्यो तर आजको नयाँ–नयाँ प्रविधि विज्ञान भएको बेला नेपालको जनशक्ति विश्व बजारमा पूर्ण रूपमा अदक्ष भनी बुझिन थालेको छ । आज नेपाली जनशक्ति विश्व बजारमा सुरक्षा गार्ड र मजदुरबाहेक अन्य भनी चिनिने अवस्था छैन । नेपालमा जनशक्ति विकासका लागि सरकारी स्तरबाट वार्षिक १०/१५ हजार इन्जिनियर उत्पादन गर्न बिसौँ विधामा निःशुल्क अध्ययन गराउने, व्यवस्थापनका विभिन्न विधामा पनि निःशुल्क हजारौँ जनशक्ति प्रतिवर्ष उत्पादन गर्नुपर्ने जस्ता कार्यक्रम सुरुवात गर्नुपर्ने हुन्छ । आज भारतको जनशक्ति विश्व बजारमा राम्रो व्यवस्थापक तथा राम्रो आइटी विज्ञको रूपमा परिचित छ भने नेपालको जनशक्ति तेल भर्ने, सुरक्षा गार्ड गर्नेमा सिमित रहेको छ । त्यसकारण जबसम्म देशको जनशक्ति अर्धकुसल वा पूर्ण कुशल हुँदैन, तबसम्म देश विकास असम्भव नै हुन्छ । त्यही भएर जनसंख्यामा ४७औँ स्थानमा रहेको नेपालको विकासको अर्को प्रमुख सूत्र दक्ष जनशक्ति उत्पादन हो । हामीले जनसंख्यालाई कमजोरी होइन, हतियार बनाउनु पर्दछ । चीनले ५० वर्ष पहिले जनसंख्यालाई कमजोरी बनाई एक परिवार एक बच्चा नीति ल्याएको थियो । तर आज उसको जनशक्ति विश्व बजारमा बेचिएको बेला तीन जना बच्चाहरूसम्म जन्माउन सक्ने नीति ल्याइसकेको छ । त्यसकारण हामीले पनि जनशक्ति विश्व बजारमा बेच्न सक्ने उत्पादन गर्नुपर्ने हुन्छ । राजनीतिक स्थिरता :– छिमेकी देश भारतमा विगत २० वर्षमा २ प्रधानमन्त्री १०/१० वर्षका लागि सरकारको प्रमुख भए भने चारपटक मात्र सरकार गठन भएको छ । तर नेपालमा विगत २० वर्षमा १९ पटक प्रधानमन्त्री परिर्वतन भए भने ८० भन्दा बढी पटक मन्त्रीहरू परिर्वतन भएका छन् । नेपालको विकास हुन नसक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता नै हो । सरकारले नीति, योजना, परियोजनाहरू वर्तमानको आवश्यकता र भविष्यको लक्ष्य लिई हिँड्नुपर्ने हुन्छ तर नेपालमा कुनै सरकार १५ दिन टिक्छ भने कुनै ६ महिना, कुनै मन्त्री ३ दिनका लागि मन्त्री हुन्छन् भने कुनै ३ महिनाका लागि । राजनीतिक स्थिरताले देश विकास गर्ने गर्दछ तर यहाँ राजनीतिक अस्थिरताको कारणले न त सरकारले दीर्घकालिन विकास गर्ने नीति ल्याउन सक्छ न विकास निर्माण गर्न नै सक्छ । त्यसकारण नेपालको विकासका लागि राजनीतिक अस्थिरता सबैभन्दा ठूलो समस्या भएको छ । प्राकृतिक स्रोतहरू :– नेपाललाई प्रकृतिले धेरै धनी बनाएको छ, तर नेपालले उक्त प्रकृतिको स्रोतलाई प्रयोग गर्न सकेको छैन । हतार हतारमा निर्णय नगरी सरकारले गहन अध्ययन गरी प्राकृतिक स्रोतहरू बेच्नु पर्ने देखिन्छ । देशले आफूसँग जे छ त्यहीँबाट विकल्प खोज्नु पर्ने हुन्छ । नेपालबाट पानी, काठ, ढुंगा, गिट्टी, बालुवा, तामा, म्याग्नेसियम, चुनढुंगा, सुन, अभ्रखजस्ता प्राकृतिक स्रोतको उच्चतम प्रयोग गरेको खण्डमा नेपालको अर्थतन्त्र विकासमा अन्य विकल्पको आवश्यकता नै नपर्ने देखिन्छ । जनशक्ति, राजनीतिक स्थिरताजस्तै नेपालमा प्राकृतिक स्रोतको प्रयोग गरी देशलाई गज्जबले विकास गर्न सकिन्छ । तर नेपालमा प्राकृतिक स्रोतहरूको खासै प्रयोग भएको पाइँदैन । उदारणका लागि सेतो सुन भनेर चिनिने जलविद्यत्को अपार संभावना भएको मुलुक हो नेपाल । यहाँको विद्युत्् उत्पादन क्षमता ८३ हजार मेघावाट रहेको तथा आर्थिक तथा प्राविधिक दृष्टिकोणले ४२ हजार मेघावाट सजिलै उत्पादन गर्न सकिने भनी पढ्दै, सुन्दै, लेख्दै आएका छौँ । तर पनि हालसम्म उत्पादनको लागत हेर्दा प्रतिमेघावाट १५ करोडदेखि २७ करोडसम्म लागत भएको देखिन्छ । जल विद्युत््मा लगानी गर्नु मात्रै नभएर आधुनिक प्रविधि अनुसार प्रतिमेघावाट ५/७ करोडमा पनि जलविद्युत उत्पादन गर्न सकिने थुप्रै स्थानहरू रहेका छन् र संभावना पनि छ । नेपालको विकासका लागि र सजिलै विश्व बजारमा उत्पादन बेच्न सकिने जलविद्युत  नै हो । जलविद्यत्को  विकासले हाम्रो जीवन स्तरमा ठूलो फरक ल्याउन सक्ने अवस्था छ । जलविद्युतका ५०० देखि १००० मेघावाटका परियोजना तथा त्यसवाट चल्ने सहायक अन्य परियोजनाहरू ल्याउन सकेमा नेपाल विकासमा फड्को मार्न सक्छ । जति ठूलो जलविद्युत्् परियोजनाहरू हुन्छन् त्यति नै जलविद्युतमा प्रति मेघावाट लगानी कम हुदै जान्छ । सरकारी स्तरबाट यस्ता १० वटा आयोजना गर्न सकेमा देशले हालको बजेटको ५ प्रतिशत रकम बराबर आम्दानी गर्न सक्छ । यस्ता परियोजनाहरू (एएए) अवधारणाअनुसार १० वटा खोल्नु नेपालका लागि खासै ठूलो देखिँदैन । ५००–१००० मेघावाटका ५ जलविद्युत परियोजनाहरू संचालन गर्न सकेमा वार्षिक ५०० अर्बको आम्दानी मात्रै गर्न सकिन्छ जुन हाम्रो सम्पूर्ण अर्थ व्यावस्थाको १० प्रतिशतभन्दा बढी हुन्छ । त्यसकारण नेपालको विकासका लागि सबैभन्दा उत्तम प्राकृतिक स्रोतको प्रयोगको उत्पादन जलविद्युत नै हो । त्यसैगरी नेपालमा प्रशस्त भएर पनि प्रयोग हुन नसकेको प्राकृतिक स्रोत वनजंगल पनि हो । नेपालमा वार्षिक १७ करोड क्युफिट काठको आवश्यकता पर्दछ तर नेपालको जंगलबाट २ करोड क्युबिक फिट पनि काठ निकालिँदैन जबकि नेपालले राम्ररी वन व्यवस्थापन गरेमा विदेशमा मात्रै बार्षिक २०० अर्बको काठ बेच्न सक्ने अनुमान गर्दा हालको वनलाई खासै असर नपर्ने देखिन्छ । जबकि हाल नेपालमा वार्षिक रूपमा प्रयोग हुने काठको विकल्पमा मलेसियन काठ, न्युजिल्यान्डको काठ, आल्मोनियम, फलामआदि गरी १५ करोड क्युबिक फिट आयत गर्दा नेपालको अर्बौँ रकम बाहिर गएको छ । यस्तै बाँझो रहेको जग्गाहरूमा सरकारी स्तरबाट फलफूल, कृषि खेतीहरू गरी अर्वो रकम जोगाउन सकिन्छ । सडक :– नेपालमा ‘विकास गाडी चढेर आउँछ’ भन्ने उखान रहेको छ । जुन ठाउँमा गाडी पुग्यो त्यहाँ विकास हुन्छ त्यो एकदमै सही कुरा हो । नेपालमा हालसम्म सबै स्तरका सम्पूर्ण सडकहरूको लम्बाइ १६,५०० कि.मी. रहेको छ । जसमा चार लेनको १२५ कि.मी. जति मात्र रहेको छ भने २ लेनको २१०० कि.मी., सिंगल लेन कालोपत्रे ६००० कि.मी., ग्राभेल स्तरको १५०० कि.मी., ट्र्याक खुलेको ५००० कि.मी. र निर्माणधीन सडक ३००० कि.मी छ । उक्त सडकमा करिब २००० पुल र ७०० निर्माणधीन पुल रहेका छन् । जुन नेपालजस्तो देशका लागि अति न्यून हो । नेपालमा अब सडकको स्तरोन्नति गर्न पर्ने आवश्यकता देखिन्छ । ठूलो कम्पनी, कारखानाहरू नेपालमा स्थापना गर्नका लागि ६ लेनको सडकहरू भारतसँग कम्तीमा एक प्रदेशमा दुई स्थानबाट जोड्नु पर्ने देखिन्छ भने चीनसँग देशभरी ४ स्थानबाट जोड्न सके पुग्छ । यसरी सडक तथा यातायात भारत र चीनसँग जोड्न सकेमा नेपालमा विदेशी लगानी जति पनि भित्र्याउन सकिन्छ । श्रम सस्तो भएको नेपालमा ठूला सडक संजालले भारत र चीनका ठूला सहरसँग जोड्न सकेमा विदेशी कम्पनीहरू स्थापना गर्न खुसी साथ भित्रने छन् । यसरी विदेशी कम्पनीलाई भित्र्याउनका लागि केही वर्षका लागि कर छुट तथा जग्गा निःशुल्क दिन सकेमा नेपालको विकासलाई हालका समकालीन देशहरूले भेट्न सक्ने अवस्था नै रहँदैन । हालको अवस्थामा मात्रै सडक सञ्जाल स्तरोन्नति गरेमा त्यसले वार्षिक १० खर्बभन्दा बढी रकम बराबरको अर्थ व्यवस्थालाई सहयोग गर्न सक्छ जुन हालको अर्थ व्यवस्थाको २२ प्रतिशतभन्दा बढी हुन्छ । देश विकासका लागि आर्थिक अभावका कारणले अन्तर्राष्ट्रिय स्तरबाट ऋण लिएर भए पनि नेपालमा एक शब्दबाट सुरुवात गर्नुपर्ने हुन्छ । चाहे त्यो जनशक्ति होस् वा प्राकृतिक स्रोतको प्रयोग वा सडक । नेपालको विकास देखिए जति कठिन पनि छैन जति हामीले सोच्ने गरेका छौँ । नेपालले विकासका लागि सहि गति लिन नसकेको अवस्था मात्र हो । माथि उल्लेखित सूत्रहरू मध्ये एकको पनि सही प्रयोग नहुँदा देश विकासका आधारभूत चरणहरूमा नै रुमल्लिरहेको छ । यदि राजनीतिक स्थिरता भई माथि रहेको कुनै पनि एक आधारमा देश दौडिन सक्यो भने नेपाल देश विकसित हुन २/३ दशक पनि नलाग्ने देखिन्छ । त्यसकारण नेपाललाई विकास गर्न माथि उल्लेखित कुनै एक सूत्रमा जोड दिई अगाडि बढ्नु पर्ने देखिन्छ । (लेखक डा.चन्द अर्थविद् हुन् भने इन्जिनियर दुवाल पिएडीरत हुन् ।)
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  ०४:१२
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP