

काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आङ्खनो ६३ औँ वार्षिकोत्सव बिहीबार सामान्य कार्यक्रमका गरी मनाएको छ । विसं २०१५ असार १७ (सन् १९५८ जुलाई १) मा स्थापना भएको निगमले विभिन्न आरोह अवरोहलाई चिर्दै सीमित स्रोत साधनका बीच राष्ट्रिय पहिचान प्रबद्र्धनमा उल्लेखनीय भूमिका निर्बाह गरेको छ ।
कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै निगमले आङ्खनै कार्यालयमा सीमित संख्याका कर्मचारीको उपस्थितिमा संक्षिप्त कार्यक्रम गरेको हो ।
निगम स्थापना दिवका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आङ्खनो स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरी आफूले पु¥याउनुपर्ने सेवा प्रदान गरी राष्ट्रिय पहिचान अभिवृद्धि गर्न निगमले उल्लेखनिय भूमिका निर्बाह गरेको बताएका छन् । साथै उनले निगमले आङ्खनो कार्य सम्पादन र सेवा प्रवाहलाई परम्परागत ढाँचामा सीमित नराखी नयाँ–नयाँ अवधारणासहित भूमिकालाई थप व्यापक बनाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीमा पनि निगमले निर्बाह गरेको सक्रियता र सराहनिय कामलाई भविष्यमा पनि निरन्तरता दिई आङ्खनो सेवालाई विश्वसनिय एवम् पारदर्शी बनाई राष्ट्रिय आकांक्षा पुरा गर्न निगम सफल बनोस् भनी शुभेच्छा प्रकट गरेका छन् ।
यस्तै पर्यटनमन्त्री लिलानाथ श्रेष्ठ, पर्यटन सचिव यादवप्रसाद कोइरालाले पनि शुभकामना सन्देश दिँदै निगमको सेवालाई थप विश्वसनीय र प्रभावकारी बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा निगमको विभिन्न जिम्मेवारीमा रहेका कर्मचारीलाई पदक र सम्मानपत्र प्रदान गरिएको थियो ।
उक्त अवसरमा निगमका महाप्रवन्धक डिमप्रकास पौडेलले बीस वर्षे सेवा अवधि पूरा गरेका चार कर्मचारीलाई पदक र सम्मानपत्र प्रदान गरे । दीर्घसेवा पदक पाउनेमा वरिष्ठ पाइलट नरबहादुर विश्वकर्मा, राजेश कुशवाहा, सञ्जय वैद्य र उज्जल सिलवाल छन् । महाप्रवन्धक पौडेलले निगमका कर्मचारीले कठिन घडीमा पनि देश र जनताको लागि उल्लेखनीय सेवा दिएकोमा स¥हाना गर्दैै भविष्यमा आइपर्ने समस्यामा डटेर योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
महँगो ब्याजको ऋण, महँगो हवाई इन्धन र देश प्रतिकूल विमान किन्नु परेका कारण निगमले दोष बोक्नु परेको चर्चा गर्दै उनले निगमको प्रयासमा हवाई इन्धनको मूल्य घटाउन सकिएको कारण वित्तीय प्रवाहमा महत्वपूर्ण मद्दत पुग्ने बताए । महाप्रवन्धक पौडेलले नेपाल सरकारको सहयोग निरन्तर प्राप्त भएको छ र त्यसमा निगम भित्रको सामूहिक प्रयासमा जवाफदेहिता, पारदर्शिता र व्यावसायिकतासहित अघि बढ्न आव्हान गरे । निगमले अहिलेको कोभिड–१९ महामारीका सन्दर्भमा पनि मेडिकल चार्टर्ड उडान, उद्धार उडानलगायतका सेवालाई निरन्तरता दिएको छ । निगमसँग हाल भारतका तीनसहित नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी र दुई न्यारो बडी जहाज छन् ।