
काठमाडौं– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार पनि दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
मंगलबार पनि दोहोरो अंकले बढेको नेप्से १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ ।
यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ ।
कूल १९२ कम्पनीका कूल ५५ लाख नौ हजार ४४८ कित्ता शेयर रु एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ मूल्यमा खरिद बिक्री भए ।
स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर भने उकालो लागेको छ ।
होटल १५.०३, जलविद्युत् १४.०९, वित्त ०.६, उत्पादन ६.३३ बिन्दुले घटेको छ ।
यस्तै, बैंकिङ २१.५५, व्यापार २३.४, विकास बैंक १०.०४, निर्जीवन बीमा ६४.२८, अन्य ३.०५, लघुवित्त ३.४१, जीवन बीमा ५७.९४ र सामूहिक लगानी कोष ०.१ बिन्दुले बढेको छ ।
स्टकका अनुसार कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्षस्थानमा छ ।
सो बैंकको रु २४ करोड २९ लाख ५७ हजार ८०७ बराबरको कारोवार भएको छ ।