
काठमाडौं — सानिमा जनरल इन्स्योरेन्सको आइपिओमा पहिलो दिनमै माग भन्दा दुई गुणा बढी आवेदन परेको छ ।
कम्पनीले बुधबारदेखि २७ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
बुधबार नै ६१ लाख ४४ हजार ९ सय ५० कित्ताका लागि आवेदन परेको छ ।
बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार साँझ ५ बजेसम्म २ लाख ६५ हजार ६ सय १६ जना आवेदकबाट उक्त कित्ताको लागि आवेदन परेको हो ।
यो कम्पनीले माग गरेभन्दा २.२५ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले निष्कासन गर्न लागेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।