
काठमाडौं – सांग्रिला विकास बैंक र लक्ष्मी कमर्सियल भेकल्सबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।
बैंक र स्वारज मज्दा (यसएमएल) ब्रान्डका आधिकारीक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्सबीच गाडी खरिदमा कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा बुधबार सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी कमर्सियलका तर्फबाट कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले उक्त ब्रान्डको गाडी खरिदमा १२.५ प्रतिशत ब्याजदरमा अधिकतम् ७५ प्रतिशतसम्म कर्जा सुविधा शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिने छ ।