
काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्स्फरले रेमिटमा बम्पर उपहार दिने योजना ल्याएको छ ।
सिटी एक्सप्रेस र अल फरदान एक्सचेन्जको संयुक्त सहकार्यमा ०७७ सालको दसैँ, तिहारलाई लक्षित गर्दै बिप्रेषण सेवामा आकर्षक उपहार तथा नगद उपहार दिने ‘दसैँ तिहार बम्पर धमाका’ योजना सार्वजनिक गरेका हुन् ।
उक्त योजनामा लक्की ड्र मार्फत विजेता छनोट गरी बम्पर उपहार दिने आयोजकले जनाएको छ ।
साथै हरेक हप्ता टिभी, माइक्रोवेभजस्ता घरेलु उपकरणदेखि ६ लाख नगदसम्मको बम्पर उपहार विजेताहरूले जित्न सक्ने बताइएको छ ।
यो योजना
१४ नोभेम्बरचम्म चल्ने सिटी एक्सप्रेसले जनाएको छ ।