
काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झिनो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.७३ विन्दुले ओरालो लागेर एक हजार ५६०.८३ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०.८७ ले वृद्धि भई ३०९.६० मा पुगेको छ ।
कूल १९१ कम्पनीको ६९ लाख ९७ हजार ४२० कित्ता शेयर रु एक अर्ब ६९ करोड एक लाख ५४ हजार ५२५ बराबरमा कारोबार भएको छ ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लागेको छ भने दश उपसमूहको शेयर भने ओरालो लागेको छ ।
विकास बैंक २.२४ र वित्त ११.४१ ले वृद्धि हुँदा बैंकिङ ४.०३, व्यापार १४.६९, होटल १९.३९, जलविद्युत् २.९१, निर्जीवन बीमा ४९.८३, उत्पादन १९.६४, अन्य ०.१, लघुवित्त ७.६१, जीवन बीमा ५२.९१ र सामूहिक लगानी कोष ०.०५ ले ओरालो लागेको छ ।
कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ ।
सो कम्पनीको रु नौ करोड ३२ लाख ६३ हजार ४५६ बराबरको कारोबार भयो ।