
वासिङ्टन– माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ ।
उनको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ ।
विल गेट्सको पारिवारिक स्रोतले उनको सोमबार निधन भएको जानकारी मङ्गलबार गराएको हो ।
उनी
अल्जाइमरको बिरामी थिए ।
विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो ।