Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २९, २०८०
baby born 3 dna
Ncell
Hardik health
काठमाडौं -  विश्वमा पहिलो पटक तीन व्यक्तिको डीएनए प्रयोग गरी एक बच्चालाई जन्माइएको छ। बेलायतको न्युक्यासलमा रहेको एक अस्पतालामा सो बच्चाको सकुशल जन्म भएको बीबीसीले जनाएको छ । बच्चा जन्माउन 'माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्ट' (एमडीटी) प्रविधि प्रयोग गरिएको थियो । बच्चाकी आमालाई ‘माइटोकोन्ड्रियल’ नामकाे रोग भएका कारण डीएनए दान गर्ने महिलाकाे सहयाेग लिइएकाे थियाे । यस रोगले स्नायु प्रणाली, कार्डियक एरिथमिया (असामान्य मुटुको धड्कन), मधुमेह, शरीरको वृद्धिमा असरजस्ता समस्या निम्त्याउँछ । त्यस्तै याे रोग भएका महिलाबाट जन्मिएका बच्चाको मृत्युसमेत हुन सक्छ । यो एक निको नहुने रोग हो । यसका कारण धेरैले सन्तान गुमाएका छन् । त्यही कारण बच्चा जन्माउन दाता महिलाको डीएनए प्रयोग गरिएको बीबीसीकाे समाचारमा उल्लेख छ । एमडीटी प्रक्रियामा आमाको अण्डामा भएको न्यूक्लियस (युकेरियोटिक कोशिकाहरूमा पाइने झिल्ली-बाउन्ड अर्गनेल) हटाएर दाताको अण्डामा हुने न्यूक्लियस राखिन्छ । यसले भ्रूणमा दाता महिलाको अण्डामा भएको माइटोकोन्ड्रिया सहित आमाको डीएनए बनाउने गर्छ । सो बच्चाको डीएनएमा आफ्नो आमाबाबुको ९९.९ प्रतिशत र दाता महिलाको ०.१ प्रतिशत अंश हुने बताइएको छ ।  बच्चाले आमाबुबासँगै दाता महिलाको डीएनए पाउनेछ । तर दाता महिलाबाट पाउने डीएनएन भने बच्चाको माइटोकोन्ड्रियालाई सुधार गर्न मात्र प्रयोगमा आउने जनाइएको छ । माइटोकोन्ड्रिया कोषभित्रको सानो भाग हो । यसले हामीले खाएको खानालाई शक्तिमा परिवर्तन गर्ने काम गर्छ । यस प्रविधिले माइटोकोन्ड्रियल रोग लागेका आमाहरूलाई पनि सन्तान प्राप्त गर्न मद्दत गर्ने बताइएको छ । तर कतिपयले यस विधिको विरोधसमेत गरेका छन् । उक्त कामका लागि बेलायतको संसदले सन् २०१५ मा नै स्वीकृति दिएको थियो । त्यस्तै ह्युमन फर्टिलाइजेसन एन्ड एम्ब्रिओलोजी अथोरिटी (एचएफईए)ले समेत यसमा सहमति दिएको थियो । यस प्रविधि कतिले राम्रो भनेका छन् भने कतिले विरोध गरेका छन् । बच्चाकाे जन्म गत मार्च ९ मा भएपनि डाक्टरहरूले गोपनीयताका कारण बच्चाबारे थप जानकारी भने दिएका छैनन् । तर एमडीटी प्रविधि प्रयोग गरी सन् २०१६ मा नै मेक्सिकोमा बच्चा जन्माइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम मंगलबार, जेठ २३, २०८०
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत बुधबार, जेठ १०, २०८०
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो बुधबार, जेठ १०, २०८०
कम्प्युटरका ६५ ओटा शर्टकट की
कम्प्युटरका ६५ ओटा शर्टकट की मंगलबार, जेठ ९, २०८०
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, जेठ ८, २०८०
चैते धान खेती घट्दो
चैते धान खेती घट्दो बिहीबार, वैशाख ७, २०८०
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP