काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिताअन्तर्गत आज पोखरा एभेन्जर्सले टस जितेर जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा पोखरा पहिलो जितको खोजीमा छ भने जनकपुर दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्र्दैँछ।
जारी प्रतियोगितामा जनकपुरले दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ। यता पोखराले भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजय बेहोरेको थियो।