काठमाडौं- सिन्धुलीको फिक्कल गाउँपालिका –६ स्थित नागथानमा काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको ‘टाटा सुमो’ दुर्घटनामा परेको छ।
गति अनियन्त्रित भई आज बिहान सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा सुमोका चालकसहित तीन जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
सो सवारीसाधनमा १० जना यात्रु रहेका जनाइएको छ।
तीन जना बेपत्ता र चार जनाको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य सस्था घुर्मीतर्फ पठाइएको छ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस खुर्कोटबाट नौ जना गोताखोरसहित १० जना, अस्थायी मनसुन बेस हर्कपुर ओखलढुङ्गाबाट १० जना र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ।