काठमाडौं- आज देशका अधिकांश स्थानमा आंशिक बदली रहने भएको छ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ।
लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ। मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्ने छ तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशको हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्ने छ। कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।