काठमाडौं- नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।
१५औं महाधिवेशनअन्तर्गत जारी मतगणनाको अन्तम नतिजा घोषणा हुन बाँकी रहे पनि खतिवडा सर्वाधिक दुई हजार ९१९ मत ल्याएर विजयी भएका हुन्।
सहमहामन्त्री खुलातर्फ नै विजयी शिवाकोटीले दुई हजार ७२ मत ल्याएका छन्।
सहमहामन्त्री खुलातर्फ नौ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। तेस्रो स्थान प्राप्त गरेका डिल्लीराम सुवेदीले एक हजार ८५१ मत पाएका छन्।
पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले एक हजार ३८२, राजिव ढुंगानाले एक हजार २४१, विकास कोइरालाले एक हजार १४९ मत, अमृतकुमार अर्यालले एक हजार ३९, रमेश धमलाले ८२१ र विमल क्षेत्रीले २८२ मत प्राप्त गरेका छन्।