काठमाडौं- निबोधित सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, बसन्तपुर, काठमाडौंको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।विभिन्न कार्यक्रमसहित को-अपरेटिभको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।
क्षेत्रपाटी, काठमाडौंमा आयोजित साधारण सभा को-अपरेटिभका अध्यक्ष नयनमान श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा-नोक्सान हिसाब तथा लेखापरीक्षण प्रतिवेदनसमेत पारित गरेको छ। त्यस्तै, नगद लाभांश वितरण, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायतका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरेको छ।
साधारण सभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८३ असार मसान्तसम्म को-अपरेटिभको सेयर पुँजी ७६ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ। सदस्यहरूबाट १० करोड ३२ लाख ६७ हजार ६७८ रुपैयाँ बचत संकलन भएको छ भने ९ करोड ८७ लाख ५१ हजार ६२८ रुपैयाँ ऋण लगानी गरिएको छ।
त्यसैगरी, को-अपरेटिभको जगेडा कोषमा ७४ लाख ५२ हजार ४९ रुपैयाँ रहेको जनाइएको छ। संस्थाले विभिन्न कारोबारमार्फत गत असार मसान्तसम्म १२ करोड ४३ लाख १२ हजार १३३ रुपैयाँ कुल कारोबार गरेको छ।
साधारण सभामा सहकारीकर्मी, अभियन्ता, सञ्चालक समिति सदस्य, संस्थामा आबद्ध सदस्य तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो।