Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसिया ‘सिण्डिकेट’ प्रकरण: सहायक संस्थाको सूचीमा परेका व्यवसायी संघमा पुगेपछि विवाद
मलेसिया ‘सिण्डिकेट’ प्रकरण: सहायक संस्थाको सूचीमा परेका व्यवसायी संघमा पुगेपछि विवाद
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ६, २०८३
Energy Drink Energy Drink

काठमाडौं– मलेसिया रोजगारीमा एकाधिकार (सिण्डिकेट) भित्र्याउन सक्रियमध्येका केही व्यवसायी सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यालयमा पुगेपछि विवाद भएको छ।

मलेसियाको ‘विदेशी कामदारको एकीकृत व्यवस्थापन प्रणाली’ (एफडब्ल्युसिएमएस) मा सूचीकृत २५ संस्थाका सहायकको सूचीमा परेका २५० संस्थाका केही प्रतिनिधि सोमबार सिफलस्थित संघको कार्यालय पुगेका थिए। वैदेशिक रोजगार विभागले ती व्यवसायीहरुका लागि मलेसियाको पूर्वस्वीकृति रोक्का गरिदिएकोले उक्त रोक्का खोल्नका लागि आवश्यक पहल गरिदिन भन्दै संघको कार्यालय पुगेका थिए। मलेसियामा श्रमिक पठाउन नपाएपछि उक्त कारबाही फुकुवा गरिदिनपर्‍यो भन्ने उनीहरुको माग थियो।

तर उक्त प्रणालीमा प्रवेश गरेर गल्ती गर्ने अनि कारबाहीमा परेपछि संघ गुहार्ने भन्दै आक्रोशित व्यवसायीले प्रतिप्रश्न गरेपछि स्थिति केहिबेर तनावग्रस्त बनेको एक व्यवसायीले बताए।

Ncell
Hardik health

गत भदौ २४ गते एफडब्ल्युसिएमएसमा सूचीकृत २५ व्यवसायीले थप २५० व्यवसायीलाई उक्त प्रणालीमा आबद्ध गराएका थिए। त्यसपछि विभागले सूचीकृत भएका सहायक संस्थाहरुकोसमेत पूर्वस्वीकृति बन्द गरिदिएको छ।

सहायक संस्थाको सूचीमा परेका २५० मध्ये कतिपय व्यवसायीले आफूलाई कुनै जानकारीविना एफडब्ल्युसिएमएसमा राखिएको दाबी गर्दै आएका छन्। तर ती व्यवसायीले मौखिकरुपमा आफूहरु निर्दोष छु भने पनि त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण दिन नसकेको संघका तृतीय उपाध्यक्ष तथा सिण्डिकेटविरुद्धको संघर्ष समितिका संयोजक लक्ष्मण पौडेलले बताए। यदि इच्छाविपरीत सो प्रणालीमा नाम राखिएको भए त्यसरी राख्ने व्यवसायीविरुद्ध कारबाहीको प्रक्रिया अघि बढाउन सहयोग गर्नुपर्ने उनको भनाइ छ। यसरी झगडा गरेर समस्याको समाधान नहुने भएकाले आपसी छलफलबाट समाधान गरिनुपर्ने पौडेलले बताए।

‘२५० भित्र परेका व्यवसायीले निर्दोष छु भन्ने तर २५ व्यवसायीविरुद्ध न कुनै निकायमा उजुरी गरेको छ, न कतै निवेदन हालेको छ अनि कसरी विश्वास गर्ने ?,’ संयोजक पौडेलले भने, ‘यसरी वादविवाद गर्नेभन्दा पनि सौहार्द्रपूर्ण वातावरणमा छलफल गरेर समस्याको समाधान निकाल्नपर्छ। उहाँहरु यदि सिस्टमबाट निस्कन चाहनुभयो भने हामी सहयोग गर्न तयार छौं।’

समस्यामा परेका व्यवसायीहरु उक्त कारबाही फिर्ता गरिदिन भन्दै सोमबार विभागमासमेत पुगेको बुझिएको छ। सीमित व्यवसायीलाई मात्र मलेसियाको रोजगारीमा पहुँच दिन खोजिएपछि सरकारले मलेसिया सरकारसँग कूटनीतिक संवाद गरेर समस्याको हल गर्ने तयारी गरिरहेको छ।


प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  ११:५५
#नेपाल वैदेशिक रोजगार व्यवसायी संघ #मलेसिया सिण्डिकेट #वैदेशिक_रोजगार #सिण्डिकेट
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसिया रोजगारीमा सिण्डिकेट रोक्न प्रधानमन्त्री शाहले गरे मलेसियाका प्रधानमन्त्रीसँग फोनवार्ता
मलेसिया रोजगारीमा सिण्डिकेट रोक्न प्रधानमन्त्री शाहले गरे मलेसियाका प्रधानमन्त्रीसँग फोनवार्ता मंगलबार, असोज ६, २०८३
‘रिटर्नी’को सीप विकास तालिम पहिचान गरिने
‘रिटर्नी’को सीप विकास तालिम पहिचान गरिने मंगलबार, असोज ६, २०८३
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया सोमबार, असोज ५, २०८३
भदौमा १० हजारले घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या
भदौमा १० हजारले घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या आइतबार, असोज ४, २०८३
साउनमा भित्रियो दुई खर्ब १५ अर्बभन्दा बढी रेमिट्यान्स
साउनमा भित्रियो दुई खर्ब १५ अर्बभन्दा बढी रेमिट्यान्स शुक्रबार, असोज २, २०८३
विभागले २५ व्यवसायीसँग माग्यो पाँच वर्षको विवरण
विभागले २५ व्यवसायीसँग माग्यो पाँच वर्षको विवरण शुक्रबार, असोज २, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP