काठमाडाैं- चलचित्र विकास बोर्डको अध्यक्ष पदमा आवेदन खुलेकाे छ । सूचना तथा सञ्चार मन्त्रालयले बोर्डको अध्यक्ष पदका लागि बिहीबार दरखास्त आह्वान गरेकाे हाे ।
मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना उम्मेदवार छनोट गरी मनोनयनका लागि सिफारिस गर्ने छ । अध्यक्ष पदमा इच्छुक व्यक्तिले आगामी बुधबार कार्यालय समयभित्र दरखास्त पेश गर्नु पर्ने छ ।
उम्मेदवारले मन्त्रालयकाे सूचनामा ताेके बमाेजीमकाे न्यूनतम योग्यता, दरखास्त फाराम, दरखास्तसाथ संलग्न गर्नुपर्ने आवश्यक कागजात संलग्न गर्नु पर्ने छ ।