काठमाडौं – वैदेशिक रोजगारमा कतार जान चाहने नेपालीहरुका लागि उत्कृष्ट कम्पनीको रुपमा रहेको कम्पास क्याटरिङ कम्पनीले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ३० लाख भन्दा बढी राहत प्रदान गरेको छ ।
उक्त रकम कम्पनीको नेपालस्थित आधिकारिक प्रतिनिधि कम्पनी भिजन एण्ड भ्यालु ओभरसिजको संयोजनमा राजधानीमा बिहीबार आयोजित विशेष समारोहबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको थियो ।
अर्थमन्त्री डा. वाग्लेलाई २० हजार अमेरिकी डलरको चेक कम्पनीका अदाम अल हलाबी, बिजो बाबुका साथै भिजन भ्यालुका अध्यक्ष पदमराज पौडेल र निर्देशक अनिल पन्थीले हस्तान्तरण गरेका थिए ।
राहतका लागि संयोजन समेत गरेका भिजन भ्यालुका अध्यक्ष पौडेलले भने, ‘कम्पास कतारमा रहेको बेलायती कम्पनी हो, यो कम्पनीले विभिन्न ५८ देशबाट कामदार लैजाने गर्दछ, नेपालबाट हामीले पठाउँछौं ।’
उनले उक्त कम्पनीले करिब १४ सय नेपालीलाई विभिन्न क्षेत्रमा रोजगारी दिएको पनि बताए । उक्त कम्पनीले कतारमा रहेका विभिन्न सरकारी कार्यालय, विमानस्थल, हस्पिटललगायतका क्षेत्रमा रोजगारी दिने पनि बताए ।