काठमाडौं – आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले रसुवा बाढी पीडितलाई ५ लाख रुपैया सहयोग प्रदान गरेको छ ।
संस्थाले संकटको यस विषम घडीमा राहत तथा उद्धार कार्यका लागि सरकार र विभिन्न संस्थाहरुले गरेको सार्थक पहलप्रति ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो ।
संस्थाले बुधबार भएको बाढी पहिरोमा परी ज्यान गुमाउने नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै वित्तीय संस्थाको तर्फबाट परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै सम्पर्कबिहीन नागरिकहरुको यथाशक्य छिटो वास्तविकता पत्ता लागोस् भन्ने कामना समेत गरेको छ ।
संस्थाले भनेको छ, ‘यस प्राकृतिक प्रकोपका कारण सम्पर्क विहिन हुनुभएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्था लगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी र तिनका परिवारजनले व्यहोर्नु परेको पिडाप्रति यस वित्तीय संस्था गहिरो सहानुभूति प्रकट गर्दछ ।’