काठमाडौं- हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नेपाल सरकारका पूर्वमुख्य सचिव तथा बैंकका सञ्चालक डा. बैकुण्ठ अर्याल निर्वाचित भएका छन्।
बैंकको हिजो मिति २०८३ साल भदौ १४ गते आइतबार बसेको सञ्चालक समितिको ५०६औँ बैठकले संस्थापक समूहका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्ने डा. अर्याललाई बैंकको अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित गरेको हो। उनको अध्यक्ष पदको कार्यकाल २०८३ साल भदौ १४ गतेदेखि लागू हुने बैंकले जनाएको छ।
अध्यक्षमा निर्वाचित डा. अर्यालले आज मिति २०८३ साल भदौ १५ गते सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
डा. अर्याल नेपाल सरकारको उच्च प्रशासनिक सेवामा लामो अनुभव हासिल गरेका व्यक्ति हुन्। उनले यसअघि नेपाल सरकारको मुख्य सचिवका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्