काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको हो ।
‘सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध सिद्धार्थ बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पु¥याउने विश्वासका साथ उक्त रकम कोषमा उपलब्ध गराएको हो,’ बैंकले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाढीका कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद् परिस्थितिप्रति गहिरो संवेदना व्यक्त गदैछ ।’
यस विपद्का कारण ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माप्रति बैंकले हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।