काठमाडौं- २०८३ भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका मुक्तिनाथ विकास बैंकले दैवी प्रकोप उद्धारमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । प्रकृतिले ल्याएको यो विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पचास लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।
देशको विभिन्न क्षेत्रमा बाढीका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएको यस कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउनु बैंकको पनि सामाजिक उत्तरदायित्व हो । विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै बैंकले प्रदान गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास लिएको छ ।
बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।