काठमाडौं- नेपालमाअप्रिलिया र भेस्पाका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष 'द स्कुटरिङ एक्स्ट्राभ्यागान्जा' योजना सार्वजनिक गरेको छ। नाडा अटो शो २०२६ को स्टल नम्बर एल, हल नम्बर ११ मा उपलब्ध यस योजनाअन्तर्गत नाडा अटो शो अवधिभर अप्रिलिया वा भेस्पा खरिद वा बुकिङ गर्ने ग्राहकले २८ हजार ५ सय रूपैयाँसम्मको विशेष लाभ प्राप्त गर्नेछन् ।
यसअन्तर्गत खरिद गर्ने ग्राहकले विशेष अप्रिलिया तथा भेस्पा हेल्मेट व्यागसमेत प्राप्त गर्नेछन् । यो योजना नगद, फाइनान्स तथा एक्सचेन्जमार्फत खरिद गर्ने ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ । यस वर्ष अप्रिलियाले नाडा अटो शोमा आफ्नो उपस्थिति अझ विशेष बनाउँदै इटालियन क्याफे इन्स्पायर्ड थिममा स्टल तयार गरेको छ ।
स्टलको डिजाइनमार्फत अप्रिलियाको प्रतिष्ठित इटालियन डिजाइन, जीवनशैली र प्रिमियम अनुभवलाई प्रस्तुत गरिएको छ। प्रदर्शनीको मुख्य आकर्षणका रूपमा नयाँ भेस्पा एसएक्स १२५ जेट, सिल्भर रङमा अप्रिलिया १२५ र ग्रे रङमा अप्रिलिया एसआर १२५ प्रस्तुत गरिएको छ। साथै, भेस्पाका अन्य मोडलहरू स्टर्म १२५ र एसआर १६० तथा अप्रिलियाका अन्य रडका एसआर १२५, अप्रिलिया १२५ र अप्रिलिया एसआर १२५ पनि प्रदर्शनीमा राखिएका छन् ।