काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ३७ अंकले घटेर दुई हजार ६४३ दशमलव ८३ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १३ अंकले बढेर चार सय ६४ दशमलव ७३ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ४० अंकले घटेर एक सय ८१ दशमलव ७६ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १९ अंकले घटेर एक सय ५७ दशमलव १३ मा पुगेको नेप्सेले जनाएको छ ।
आज विभिन्न कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर चार अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य बढ्दा नौ उपसमूह घटेका छन् । आज १०१ कम्पनीको शेयर बढ्यो भने १६४ कम्पनीको मूल्य घट्नुका साथै १२ कम्पनीको मूल्य स्थिर रह्यो ।
नेप्सेका अनुसार आज माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी, सर्वाेत्तम पेन्ट्स कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी आज सुपरखुदी हाइड्रोपावर कम्पनी, सिटिजन सन्तुलित योजना, साङ्ग्रिला विकास बैंक डिबेञ्चर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।