काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ६२ अंकले बढेर दुई हजार ६२८ दशमलव ६७ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७८ अंकले बढेर ४७६ दशमलव ९३ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३१ अंकले बढेर १८२ दशमलव ६९ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३० अंकले बढेर १६१ दशमलव ९२ मा पुगेको छ।
आज विभिन्न कम्पनीका ९४ लाख ३७ हजार ८४२ कित्ता शेयर तीन अर्ब ८७ करोड ७६ लाख ४५ हजार ७२८ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ। १३ उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घटेका छन्। आज १३८ कम्पनीको शेयर बढ्नुका साथै १३२ कम्पनीको शेयर घटेको छ। त्यसैगरी १० कम्पनीको शेयर स्थिर छन्।
नेप्सेका अनुसार आज बोटर्लस नेपाल (बालाजु) बोर्टलस नेपाल (तराई) र गार्डियन माइक्रो लाइफ इन्सुरेन्सलगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी एभरेष्ट कलर, प्रभु महालक्ष्मी इन्सुरेन्स, मुक्तिनाथ कृषि कम्पनी लगायतका लगानीकर्ताले गुमाएका छन्।