काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ६४ अंकले बढेर दुई हजार ६५५ दशमलव २२ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १८ अंकले बढेर ४८० दशमलव १२ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५३ अंकले बढेर १८४ दशमलव ०४ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६८ अंकले बढेर १६२ दशमलव ७४ मा पुगेको छ।
आज विभिन्न कम्पनीका एक करोड सात लाख १३ हजार ८४२ कित्ता शेयर तीन अर्ब ४६ करोड २० लाख ५९ हजार ३२३ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ। तेह्र वटै उपसमूहमध्ये १२ उपसमूह बढेको छ भने एक उपसमूह घटेको छ।
आज १५८ कम्पनीको शेयर बढ्यो भने १०७ कम्पनीको शेयर घट्यो। त्यसैगरी १४ कम्पनीको शेयर स्थिर रह्यो। नेप्सेका अनुसार क्रेष्ट माइक्रोलाइफ इन्सुरेन्स, बेनी हाइड्रोपावर, राष्ट्रिय बिमा कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन्।
त्यसैगरी घोराही सिमेन्ट इन्डष्ट्रिज, नेपाल रिइन्सुरेन्स कम्पनी र कालिञ्चोक दर्शनलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्।