काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ३८ अंकले घटेर दुई हजार ६२१ दशमलव २९ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०७ अंकले बढेर ४७७ दशमलव ०१ मा पुगेको छ भने फ्लोट सूचक शून्य दशमलव ३१ अंकले घटेर १८२ दशमलव ३७ मा पुगेको छ।
त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ०७ अंकले बढेर १६२ अंकमा पुगेको छ। आज विभिन्न कम्पनीका एक करोड छ लाख दुई हजार ४६८ कित्ता शेयर तीन अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ।
तेह्र उपसमूहमध्ये दुई उपसमूह बढ्यो भने ११ उपसमूह घट्यो। आज ८९ कम्पनीको शेयर बढ्यो भने १८१ कम्पनीको शेयर घट्यो। त्यसैगरी नौ कम्पनीको शेयर स्थिर रह्यो।
नेप्सेका अनुसार आज डोल्टी पावर, भूगाल इनर्जी कम्पनी, मनकामना इन्जिनियरिङलगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी मुक्तिनाथ म्युचुअल फण्ड, पाल्पा इन्डष्ट्रिज, स्वस्तिक लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्।