काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ६६ अंकले बढेर दुई हजार ६४७ दशमलव ६१ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ०६ अंकले बढेर ४८४ दशमलव ४५ मा पुगेको छ।
त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५८ अंकले बढेर १८४ दशमलव ४८ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५९ अंकले बढेर १६४ दशमलव ५४ मा पुगेको छ। आज विभिन्न कम्पनीका एक करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर छ अर्ब १४ करोड ६० लाख ४३ हजार ९०९ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ।
तेह्र उपसमूहमध्ये तीन उपसमूह बढ्यो भने १० उपसमूह घट्यो। आज १७० कम्पनीको शेयर बढ्यो भने १०१ कम्पनीको शेयर घट्यो। त्यसैगरी आठ कम्पनीको शेयर स्थिर रह्यो। नेप्सेका अनुसार मुक्तिनाथ कृषि कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, कालिका लघुवित्त कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी उन्नति सहकार्य लघुवित्त संस्था, लक्ष्मी भ्यालु फण्ड र ओम मेगा फर्मासिटिकल्सलगायतका लगानीकर्ताले गुमाएका छन्।