Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को हल्ला एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १९, २०८३

काठमाडौं- युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया रोजगारीमा सिण्डिकेट (एकाधिकार) लगाउन मन्त्रालय संलग्न रहेको भन्ने हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा निश्चित वैदेशिक रोजगार व्यवसायीलाई मात्र फाइदा पुग्नेगरी एकाधिकार ल्याउन मन्त्रालयलेसमेत चलखेल गरेको भन्ने समाचारमा कुनै सत्यता नरहेकोे सोमबार प्रेस विज्ञप्तिमार्फत मन्त्रालयले प्रस्टीकरण दिएको हो ।

pitambar-ghimire-1785218377.jpg
कुनै पनि किसिमले प्रतिस्पर्धालाई सीमित तुल्याउने र सीमित व्यवसायीहरुको एकाधिकार हुन नदिन मन्त्रालय सदैव सचेत एवं क्रियाशील रहेको छ । 
पिताम्बर घिमिरे
प्रवक्ता, श्रम मन्त्रालय

मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जारी गरेको विज्ञप्तिमा मन्त्रालय वैदेशिक रोजगारलाई श्रमिकमैत्री बनाउने विषयमा प्रतिबद्ध रहेको र कुनै पनि किसिमकोे एकाधिकार हुन नदिन सचेत रहेको उल्लेख गरिएको छ । ‘मन्त्रालय सदैव वैदेशिक रोजगारलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयमा प्रतिबद्ध छ । कुनै पनि किसिमले प्रतिस्पर्धालाई सीमित तुल्याउने र सीमित व्यवसायीहरुको एकाधिकार हुन नदिन मन्त्रालय सदैव सचेत एवं क्रियाशील रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

मलेसियाको रोजगारीमा एकाधिकार कायम गर्ने आसयका कुनै किसिमको आधिकारिक जानकारी प्राप्त नभएको पनि मन्त्रालयले स्पष्ट पारेको छ । हाल मन्त्रालय विभिन्न नीतिगत, कानुनी र प्रक्रियागत पक्षमा सुधार गर्दै सूचना प्रविधिको अधिकतम उपयोग गरी सेवाप्रवाहलाई चुस्त बनाउनमा केन्द्रित भएको अवस्थामा यसलाई ओझेलमा पार्ने गरी भ्रम फैलाउने कार्य भएकाले त्यसमा विश्वास नगर्न अनुरोध गरिएको छ ।

Hardik health

सरकारको योजनामा घुस्न खोज्दै ‘टियुआरएपी’
हाल नेपालबाट मलेसिया जाने श्रमिकले पाँच लाख रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ । पछिल्लो समय मलेसिया सरकार रोजगारीमा आउने श्रमिकहरु नैतिक भर्नामार्फत आउन् भन्ने पक्षमा रहेको बुझिएको छ । सरकारको उक्त योजनामा ‘द युनिभर्सल रिक्रुटमेन्ट एड्भान्स्ड प्याटफर्म’ (टियुआरएपी) नामक संस्था घुस्न खोजिरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले बताए । 

dik-bahadur-khatri-1785218122.jpg
हामीले सरकारलाई विज्ञप्ति निकाल्न बाध्य बनायौं । सरकार यसको पक्षमा छैन भन्नेबित्तिकै बिचौलियाहरुको चलखेल न्यूनीकरण हुन्छ ।
डिकबहादुर खत्री
अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

‘मलेसिया सरकारले श्रमिकहरु शोषणमा नपरून्, यहाँ आउने नैतिक भर्नामार्फत आउन् भन्ने चासो राखेको छ । त्यो चासोलाई टियुआरएपी भन्ने संस्थाले डिजिटल्ली कन्ट्रोल गर्न प्रस्ताव गरेको छ,’ उनले भने, ‘जुनसुकै विषयमा डिजिटल कन्ट्रोल गर्न आएका एकाधिकार नियन्त्रणमुखी हुन्छन् । खास सिण्डिकेटमा लागेका २० देखि २५ व्यवसायी हुन् । तर तिनीहरुलाई मात्र एक्सेस हुनेगरी भोलि नियन्त्रण गर्छन् ।’

मलेसियाले बिचौलियाविना प्रत्यक्ष विदेशी कामदार भर्ना गर्न नयाँ डिजिटल भर्ती प्लेटफर्म सुरु गर्ने योजना बनाइरहँदा भर्ना प्रक्रियाका लागि प्रस्ताव गरिएको संस्थाको भूमिका शंकास्पद मानिएको उनको भनाइ छ । अध्यक्ष खत्रीका अनुसार उक्त संस्था श्रम उद्योगका प्रभावशाली तथा विवादित व्यक्ति बंगाली मुलका मलेसियन नागरिक डाटुक सेरी अमिनुल इस्लाम अब्दुल नोरको संस्था बेस्टिनेट एसडिएन बिएचडीले विकास गरेको श्रम प्रणाली हो । विवादित व्यक्तिले सञ्चालन गरेको कम्पनीलाई भर्ना प्रक्रियामा समावेश गराउँदा एकाधिकार कायम हुने भन्दै व्यवसायीहरुले विरोध जनाउँदै आएका छन् ।

व्यवसायीहरुका अनुसार मलेसियाको श्रमिक भर्ना प्रक्रियामा एकाधिकार लागू गर्न खोजिएको यो चौथो प्रयास हो । हालको चलखेलअघि मलेसियाको परराष्ट्र मन्त्रालयले गत अक्टोबर २७ तारिखमा नेपाली दूतावासलाई १० बुँदे मापदण्ड पठाउँदै पत्र लेखेको थियो । त्यसअघि सन् २०२५ मा मलेसियाको ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसिएमएस)ले ई-एम्बेसी, ई-रिक्रुटमेन्ट र बायोमेडिकल नामक तीनवटा मोड्युल कार्यान्वयनमा ल्याउन खोजेको थियो । त्यसैगरी सन् २०१७ मा बंगलादेशमा सिण्डिकेट लगाइँदा नेपालमा पनि यसको प्रयास भएको बताइन्छ ।

मलेसियासँगको श्रम सम्झौता नवीकरण सन् २०२३ यता हुन सकेको छैन । एकाधिकारलाई वैधानिकता प्रदान गर्न समझदारीपत्र (एमओयू)मासमेत प्रवेश गराउने प्रयास भइरहेको व्यवसायीको आरोप छ । मलेसियामा शक्तिमा रहेका व्यक्तिलाई प्रभावमा पारेर बिचौलियाहरुले एकाधिकार कायम गर्न विभिन्न अवधारणा ल्याउने गरेको बताइन्छ । सरोकारवालासँगको छलफलविना श्रम गन्तव्यबाट आएका कुनै पनि निर्णयलाई सरकारले स्वीकार गर्न नहुने अध्यक्ष खत्रीले बताए । सरकारले एकाधिकार मान्दैनौं भनेर जारी गरेको विज्ञप्तिले पनि चलखेल न्यूनीकरण गर्न सघाउने उनको भनाइ छ ।

‘व्यवसायीहरुले सरकारलाई विज्ञप्ति निकाल्न बाध्य बनायौं । त्यो विज्ञप्ति सम्बन्धित ठाउँमा पुगिसक्यो । सरकार यसको पक्षमा छैन भन्नेबित्तिकै उनीहरुको चलखेल न्यूनीकरण हुन्छ,’ खत्रीले भने ।  मलेसियामा हाल तीन लाखभन्दा बढी नेपाली कार्यरत छन् । नेपालीहरु विशेषगरी सुरक्षा गार्ड, प्यान्टेसनलगायतका क्षेत्रमा जाने गरेका छन् । हाल आंशिकरुपमा खुलेको मलेसियाको रोजगारी पूर्ण खुल्ने तयारी भइरहँदा विभिन्न चलखेल भइरहेको भन्दै व्यवसायीहरुले त्यसविरुद्ध खबरदारी गरिरहेका छन् ।
 


प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP