काठमाडाैं- नेप्से परिसूचक सोमबार सामान्य अंकले घटेको छ। कारोबार हुने साताको पहिलो दिन सोमबार नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा झरेको हाे।
सेन्सेटिभ इण्डेक्स ०.४९ अंक, फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले बढेको छ। नेप्से घटेपनि कारोबार रकम भने गत शुक्रबारको तुलनामा ७२ करोडले बढेको छ।
सोमबार ३४९ स्टकको ६३ हजार ६४८ पटकको कारोबारमा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँबराबरको १ करोड १४ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत शुक्रबार नेप्सेमा ३ अर्ब ७५ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।