Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १८, २०८३
  • अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभर करिब ७० प्रतिशत श्रमिक कुनै न कुनै समयमा अत्यधिक गर्मीको जोखिममा काम गर्न बाध्य हुने गरेका छन् । तापक्रम बढ्दै जाँदा श्रमिकको कार्यक्षमता घट्नेमात्र होइन, स्वास्थ्य जोखिम र कार्यस्थल दुर्घटनासमेत बढ्ने देखिएको छ ।

काठमाडौं- जलवायु परिवर्तनले विश्वभरको औसत तापक्रम लगातार बढिरहँदा यसको प्रत्यक्ष असर श्रमबजारमा देखिन थालेको छ । ४५ देखि ५० डिग्री सेल्सियस तापक्रम पुग्ने खाडी मुलुकमा काम गर्ने लाखौं नेपाली श्रमिक ‘हिट स्ट्रेस’ अर्थात् अत्यधिक गर्मीका कारण शारीरिक तथा मानसिक तनावको जोखिममा परिरहेका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओले)ले केही समयअघि सार्वजनिक गरेको ‘हिट ए्याट वर्कः इम्प्लिकेसन फर सेफ्टी एण्ड वर्क’ प्रतिवेदनमा जलवायु परिवर्तनका कारण कार्यस्थलमा गर्मीको जोखिम तीव्र बन्दै गएको उल्लेख गरेको थियो । प्रतिवेदनका अनुसार अत्यधिक तापक्रमले श्रमिकमा हिट एक्सहस्टन, हिट स्ट्रोक, डिहाइड्रेसन, मिर्गौलाको दीर्घरोग, मुटुसम्बन्धी समस्या तथा कार्यस्थल दुर्घटनाको जोखिम बढाउँछ ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिक साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान र बहराइनमा रहेका छन् । यी देशहरु विश्वकै सबैभन्दा तातो क्षेत्रमध्ये पर्छन् । सो क्षेत्रमा १७ लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको परराष्ट्र मन्त्रालयको तथ्यांक छ । उनीहरु निर्माण, सडक, सुरक्षा, सफाइ, कृषि तथा डेलिभरी सेवालगायत बाहिर गरिने काममा बढी आबद्ध भएका पाइन्छन् । यस्ता कामहरुमा गर्मीको प्रत्यक्ष प्रभाव पर्ने भएकाले नेपाली श्रमिकहरु बढ्दो तापक्रमको मारमा पर्ने गरेका छन् । आर्थिक दबाबका कारण पनि धेरै श्रमिकले आराम नगरी अतिरिक्त समय काम गर्ने र कतिपय अवस्थामा पानी, शितलता र पर्याप्त विश्राम नपाउँदा जोखिम बढ्ने गरेको पाइन्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार विश्वभर करिब ७० प्रतिशत श्रमिक कुनै न कुनै समयमा अत्यधिक गर्मीको जोखिममा काम गर्न बाध्य हुने गरेका छन् । तापक्रम बढ्दै जाँदा श्रमिकको कार्यक्षमता घट्नेमात्र होइन, स्वास्थ्य जोखिम र कार्यस्थल दुर्घटनासमेत बढ्ने देखिएको छ ।

Hardik health

गर्मीले बढ्दै स्वास्थ्य समस्या
‘हिट स्ट्रेस’ शरीरले अत्यधिक ताप सहन नसक्ने अवस्था हो । पर्याप्त पानी नपिउने, लामो समय घाममा काम गर्ने, उच्च आद्र्रता र विश्रामको अभावले शरीरको तापक्रम नियन्त्रण प्रणालीको सन्तुलन बिग्रने जनाइन्छ । सुरुमा अत्यधिक पसिना आउने, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, बान्ता हुने आदि लक्षण देखिए पनि उपचार नपाए ‘हिट स्ट्रोक’ भएर ज्यानै जाने गरेको पाइएको छ ।

अनुसन्धानले अत्यधिक गर्मीमा लामो समय काम गर्ने श्रमिकमा दीर्घकालीन मिर्गौला रोगको जोखिम बढ्ने देखाएका छन् । पछिल्लो समय खाडीमा काम गरेर फर्किने श्रमिकहरुमा मिर्गौलाको समस्या धेरै पाइन्छ । प्रत्येक महिना खाडीबाट पाँच जनादेखि १३ जनासम्म मिर्गौलाका बिरामी नेपाल फर्किने गरेको वैैदेशिक रोजगार बोर्डले जनाएको छ । त्यसबाहेक हृदयघात, क्यान्सर, मधुमेहजस्ता समस्याबाट श्रमिकहरु पीडित हुने गरेका छन् ।

विश्वभर मौसमको बदलिँदो स्थितिसँगै खाडी क्षेत्रमा गर्मीका लहर तीव्र बन्दै गएको छ । कतार, साउदी, युएईलगायतका देशले गर्मीयाममा दिउँसो केही घण्टा बाहिरी काममा रोक लगाउने नीति लागू गरेका छन् । कतारले वेट बल्ब ग्लोब टेम्पेरेचर (डब्लुबिजिटी) सूचकका आधारमा जोखिम मूल्यांकन गर्दै आएको छ । खाडीमा हिट स्टे«ससम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै श्रमिक र रोजगारदाताले पालना गर्नुपर्ने नियमहरुबारे जानकारी दिने गरिएको छ । मध्य दिनमा तापक्रम अत्यधिक बढेको बेला अनिवार्य विश्राम पनि दिइँदै अएको छ । तर मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले भने मध्याह्न दिइने ब्रेकमात्र पर्याप्त नभएको जनाएको छ । बिहान, साँझ वा प्रतिबन्धबाहिरको समयमा पनि तापक्रम अत्यधिक हुने भएकाले श्रमिकहरु जोखिममै रहेको संस्थाको ठहर छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रस्थानपूर्व अभिमुखीकरणमै ‘हिट स्ट्रेस’ सम्बन्धी विशेष प्रशिक्षण दिनुपर्ने सुझाव विज्ञहरुले दिँदै आएका छन् । पर्याप्त पानी पिउने, नियमित विश्राम गर्ने, लक्षण देखिए तुरुन्त उपचार खोज्ने तथा अत्यधिक गर्मीमा सुरक्षात्मक उपाय अपनाउने विषयलाई अनिवार्य बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

 


 


प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP