काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत साेमबारको तुलनामा सुन तोलामा एक हजार रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ३७० रुपैयाँ निर्धारण भएको छ ।
साेमबार एक तोला सुनकाेेे मुल्य दुई लाख ८४ हजार ६०० रुपैयाँ र चाँदी चार हजार ३२० रुपैयाँ मा खरिदबिक्री भएको थियो ।