Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • गत आवमा ४१ हजारभन्दा बढीले घट्यो वैदेशिक रोजगारीमा जाने संख्या
गत आवमा ४१ हजारभन्दा बढीले घट्यो वैदेशिक रोजगारीमा जाने संख्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, साउन २, २०८३

 

 

  • आव २०८२/८३ मा कूल सात लाख ९७ हजार ८०२ जना विदेसिएको तथ्यांक

काठमाडौं- गत आर्थिक वर्ष २०८२/८३ मा रोजगारीको खोजीमा झण्डै आठ लाख युवाले मुलुक छाडेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार उक्त आवमा सात लाख ९७ हजार ८०२ जना युवा वैदेशिक रोजगारीमा गएका हुन् । यो संख्या संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरुको हो ।

गत आवमा श्रम स्वीकृति लिएका कूल संख्यामा सात लाख दुई हजार १०१ जना पुरुष र ९५ हजार ७०१ जना महिला छन् । विभागको तथ्यांकअनुसार आघिल्लो आव २०८१/८२ तुलनामा गत आवमा रोजगारीमा जानेको संख्या ४१ हजार ४६४ ले घटेको छ । आव २०८१/८२ मा आठ लाख ३९ हजार २६६ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

Hardik health

गत भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि नेपालीहरुको प्रमुख रोजगार गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई)ले केही महिना रोजगारी बन्द गर्नु र गत फागुनदेखि मध्यपूर्व तनावग्रस्त बन्दा वैदेशिक रोजगारीमा जानेको संख्यामा केही कमी आएको पाइन्छ । गत आर्थिक वर्षमा प्रत्येक दिन औसतमा दुई हजार १८५ जनाभन्दा धेरै विदेसिएका छन् । आव २०८१/८२ मा यस्तो संख्या दुई हजार २९९ जनाभन्दा धेरै थियो ।

गत आवमा चार लाख नौ हजार ४५६ जना युवाले रोजगारीको खोजीमा पहिलोपटक मुलुक छाडेका छन् । पहिलोपटक रोजगारीमा जानेमा तीन लाख ५० हजार ८९८ जना पुरुष र ५८ हजार ५५८ जना महिला छन् । उक्त अवधिमा इजाजतप्राप्त संस्था (म्यानपावर) मार्फत दुई लाख ७१ हजार २२३ जना रोजगारीमा गएका छन् । म्यानपावरमार्फत गएकाहरुमा दुई लाख ४४ हजार पाँच जना पुरुष र २७ हजार २१८ जना महिला छन् । 

त्यस्तै, व्यक्तिगत श्रम स्वीकृति लिएर एक लाख २९ हजार ३१७ जना गएका छन् । जसमध्ये ९९ हजार ५०६ जना पुरुष र २९ हजार ८११ जना महिला रहेका छन् । तथ्यांकअनुसार व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीमा जाने महिलाको संख्या बढी छ । गत आवको अन्तिम महिना असारमामात्रै ६९ हजार ३६२ जना रोजगारीका लागि विभिन्न मुलुक गएका छन् । जसमा ६० हजार ४६७ जना पुरुष र आठ हजार ८९५ जना महिला छन् । उक्त एक महिनामा ३९ हजार ३०८ जना पहिलोपटक श्रम स्वीकृति लिएर गएका छन् । जसमा ३३ हजार ४३० जना पुरुष र पाँच हजार ८७८ जना महिला छन् ।

विभागका अनुसार असार महिनामामात्र २३ हजार १३४ जना पुरुष र तीन हजार १९१ जना महिला गरी कूल २६ हजार ३२५ जना संस्थागत श्रम स्वीकृति लिएर गएका छन् । त्यस्तै, १२ हजार २८० जना व्यक्तिगत श्रम स्वीकृतिमा विदेसिएका छन् । जसमा नौ हजार ७५३ जना पुरुष र दुई हजार ५२७ जना महिला छन् । ५८९ जना भने जिटुजीमार्फत दक्षिण कोरिया र इजरायलको रोजगारीमा गएका छन् । 

असारमा रोजगारीमा जाने दक्ष श्रमिकको संख्या ४० हजार ३२० जना रहेको छ । सीपयुक्त भएर जानेहरुमा ३४ हजार ६०९ पुरुष र पाँच हजार ७११ जना महिला छन् । रोजगारीका लागि १७ हजार ८३१ जना अदक्ष कामदार परदेसिएका छन् । जसमा १५ हजार ७५६ जना पुरुष र दुई हजार ७५ जना महिला छन् । साथै, १० हजार ६६१ जना अर्धदक्ष, ८६ जना उच्च दक्ष र ४६४ जना व्यावसायिक कामदार रोजगारीमा गएका छन् ।

प्रमुख गन्तव्य युएई
गत असारमा युवाहरु रोजगारीको खोजीमा १०० वटा मुलुक जाँदा सबैभन्दा धेरै युएई गएका छन् । मध्यपूर्वको तनावका कारण गत फागुनदेखि जेठसम्म मलेसिया प्रमुख श्रम गन्तव्य बन्दै आएकोमा खाडीको अवस्था सामान्य बन्दै जाँदा असारमा पुनः युएई नै प्रमुख गन्तव्य बनेको छ । उक्त महिनामा १३ हजार ३१८ जना पुरुष र दुई हजार ८०८ जना महिला गरी जम्मा १६ हजार १२६ जना युएई गएका छन् ।

युएईपछि धेरै श्रमिक मलेसिया गएका छन् । गत महिना १३ हजार ४७० जना मलेसिया गएको तथ्यांक छ । जसमा १३ हजार १५९ जना पुरुष र ३११ जना महिला छन् । त्यस्तै, कतारमा ११ हजार ६३२, साउदी अरबमा नौ हजार ३६२ र कुवेतमा तीन हजार १८५ जना गएका छन् । 


प्रकाशित मिति: शनिबार, साउन २, २०८३  १२:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP