काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । विहीबारको तुलनामा सुन तोलामा ३ हजार १०० रुपैयाँले घटेको छ भने चाँदी १ सय २५ रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८२ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार २०० रुपैयाँ निर्धारण भएको छ ।
हिजाे एक तोला सुन दुई लाख ८५ हजार २००रुपैयाँ र चाँदी चार हजार ३२५ रुपैयाँमा खरिदबिक्री भएको थियो। त्यस्तै, बुधबार एक तोला सुन दुई लाख ८४ हजार ८००रुपैयाँ र चाँदी चार हजार ४१५ रुपैयाँमा खरिदबिक्री भएको थियो