काठमाडौं - बुधबार सुनचाँदीको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन ८ सय रुपैयाँले बढेर दुई लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदीको मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला ४४१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।