काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० रुपैयाँ र चाँदी १४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुुन दुई लाख ८३ हजार ८००रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२५ रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार एक तोला सुन दुई लाख ७९ हजार १०० रुपैयाँ र चाँदी चार हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।