काठमाडाैं- स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीकोे भाउ केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ भने चाँदी ५५ रुपैयाँले घटेको छ ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ७९ हजार १०० रुपैयाँ र एक तोला चाँदीको मोल चार हजार १८० रुपैयाँ निर्धारण भएको छ । हिजो बिहीबार एक तोला सुनको मूल्य दुई लाख ७८ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।
गत बुधबार एक तोला सुनको मोल दुई लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी चार हजार ४८५ रुपैयामा खरिदबिक्री भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।