Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • रोनाल्डोको कीर्तिमान,बाहिरियो पानामा
रोनाल्डोको कीर्तिमान,बाहिरियो पानामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १०, २०८३

काठमाडाैं - फिफा विश्वकप प्रतियोगिताअन्तर्गत हिजो राति भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्तर्गतकोे पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गर्‍यो । क्रिस्टियानो रोनाल्डोले दुई गोल , नुनो मेन्डेस, अब्दवोहिद नेमातोव र राफाएल लीआले एक एक गोल गरी पोर्चुगललाई जिताएका हुन् ।

यो गोलसँगै रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडी पनि बनेका छन् । रोनाल्डोले हालसम्म विश्वकपमा कुल १० गोल गरिसकेका छन् । रोनाल्डोको यो विश्वकपमा २४औं खेल थियो। जितसँगै पोर्चुगल समूह ‘के’को अंक तालिकामा चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो । समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान अंक तालिकाको अन्तिममा छ ।

इंग्ल्यान्ड र घानाबीचमा खेल बराबरीमा
आज बिहान बोस्टन स्टेडियममा भएको समूह ‘एल’अन्तर्गतको खेलमा इंग्ल्यान्ड र घानाबीचको खेल गोलरहित बराबरीमा टुगिंएको छ । विश्वकप फुटबलमा इंग्ल्यान्डले घानासँग गोलरहित बराबरी खेलेपछि नकआउट चरणमा पुग्नका लागि समूह चरणको अन्तिम आफ्नो अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ ।

Ncell
Hardik health

इंग्ल्यान्डले अधिकांश समय बलमाथि नियन्त्रण राखे पनि गोल गर्न सकेन। खेलभर धेरै अवसर सिर्जना गरे पनि इंग्लिस खेलाडीको फिनिसिङ कमजोर रहँदा टोली अंक बाँड्न बाध्य बन्यो।घानाले पनि काउन्टर आक्रमणमार्फत केही अवसर सिर्जना गरेको थियो । तर इंग्ल्यान्डका रक्षकहरूले सफल हुन दिएनन् ।यो बराबरीसँगै इंग्ल्यान्डले एक खेल बाँकी रहँदा नकआउट चरणमा पुग्ने अवसर गुमाएको छ। आक्रमणमा अपेक्षित प्रदर्शन गर्न नसके पनि इंग्ल्यान्डका रक्षक मार्क गुएहीले उत्कृष्ट प्रदर्शन गरे । इंग्ल्यान्डले खेलमा १९ प्रहार गरे पनि गोल निकाल्न सकेन  । 

समूह चरणबाटै बाहिरियो पानामा
क्रोएसियाले पानामालाई १–० ले हराउँदै फिफा विश्वकप २०२६ मा नकआउट चरण पुग्ने सम्भावना कायमै राखेको छ । यो हारपछि पानामा भने समूह चरणबाटै बाहिरिएको छ । टोरन्टोमा बुधबार भएको समूह एलको खेलमा क्रोएसियाका आन्ते बुडिमिरले गरेको गोल नै निर्णायक गोल बन्यो ।  खेलको ५४औं मिनेटमा जोसिप स्टानिसिचको पासमा उनले गोल गरेका हुन् ।क्रोएसियाका कप्तान लुका मोड्रिचका लागि यो खेल विशेष रह्यो। उनले राष्ट्रिय टोलीबाट आफ्नो २ सयौं अन्तर्राष्ट्रिय खेल खेले। ४० वर्षीय मोड्रिचको यो ऐतिहासिक उपलब्धिलाई टोलीले जितसहित स्मरणीय बनायो।अन्तिम समयमा पानामाले बराबरी गर्ने प्रयास गरे पनि क्रोएसियाका गोलकिपर डे लिभाकोभिचले बचाउ गर्दै टोलीको अग्रता जोगाए ।यो जितसँगै क्रोएसियाले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। अब उसले अन्तिम खेलमा घानालाई हराउन सके अर्काे चरणमा प्रवेश गर्नेछ। पानामा भने लगातार दोस्रो हारपछि विश्वकपबाट बाहिरिएको छ।यस समूहमा समान ४ अंक जोडेका इंग्ल्याण्ड शीर्ष स्थानमा, घाना दोस्रो स्थानमा र तेस्रो स्थानमा रहेको क्रोएसियाको ३ अंक छ ।

नकआउट चरणमा कोलम्बिया
कोलम्बियाले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोलाई १–० ले हराउँदै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान पक्का गरेको छ । बुधबार ग्वाडालाजारामा भएको समूह ‘के’ को खेलमा कोलम्बियाका ड्यानियल मुन्जोजले ७६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जुआन फर्नान्डो क्विन्तेरोको पासमा उनले गरेको प्रहार डिफेन्डरलाई छोएर गोलमा परिणत भएको थियो । खेलको सुरुआतदेखि नै कोलम्बियाले दबाब बनायो।

धेरै अवसर बनाए पनि गोल गर्न सकेन । मुन्जोजले खेलको सुरुमै गोल गर्ने मौका गुमाए। लुइस डियाजले पनि राम्रो अवसरमा गोल गर्न सकेनन् । तर अन्त्यतिर मुन्जोजले नै गोल गर्दै टोलीलाई जित दिलाए । त्यसपछि कंगाेले बराबरी गर्ने प्रयास गर्‍यो तर सफल भएन । यो जितसँगै ६ अंक जोडेको कोलम्बिया समूहमा केको शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश गरेको छ । अब टोलीले समूह चरणको अन्तिम खेल ४ अंकसहित दोस्रो स्थानमा रहेको पोर्चुगलसँग खेल्नेछ । १ अंक रहेको कंगाेले अन्तिम खेलमा अंकविहिन उज्बेकिस्तानसँग खेल्नेछ ।


प्रकाशित मिति: बुधबार, असार १०, २०८३  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
फाइनलमा नेपालको पहिले ब्याटिङ, शानदार सुरूवात
फाइनलमा नेपालको पहिले ब्याटिङ, शानदार सुरूवात शनिबार, भदौ २७, २०८३
एसिसी प्रिमियर कपको फाइनल आज, उपाधिका लागि नेपाल र युएई भिड्दै
एसिसी प्रिमियर कपको फाइनल आज, उपाधिका लागि नेपाल र युएई भिड्दै शनिबार, भदौ २७, २०८३
एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा
एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा शुक्रबार, भदौ २६, २०८३
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा बिहीबार, भदौ २५, २०८३
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य बिहीबार, भदौ २५, २०८३
एसीसी प्रिमियर कप: नेपाल र ओमानबीचको सेमिफाइनलमा आज
एसीसी प्रिमियर कप: नेपाल र ओमानबीचको सेमिफाइनलमा आज बिहीबार, भदौ २५, २०८३
भारी वर्षाले एसियाली खेलकुद प्रभावित
भारी वर्षाले एसियाली खेलकुद प्रभावित बुधबार, भदौ २४, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP