काठमाडौं- राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल भइरहेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर फिल्डिङ रोजेपछि पोखरा ब्याटिङमा रहेको छ।
यो समाचार तयार पार्दासमम्म पोखराले दुई विटेक गुमाएर ५१ रन बनाएको छ।
दुवै टोली पहिलो जितको खोजीमा छन्। प्रतियोगितामा सुदूरपश्चिमको दोस्रो खेल खेल्दा पोखराको भने पहिलो खेल हो।
यसअघि सुदूरपश्चिम आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो।