काठमाडाैं- लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । सोमबार विहान नौ बजेको शुभसाइतमा धार्मिक विधि अनुसार पुजाआजा गरि एसोसिएसनका नवनिर्वाचित अध्यक्ष रामप्रसाद गैरे नेतृत्वको कार्यसमितिले बानेश्वरस्थित कार्यालयमा औपचारिक रूपमा पदभार ग्रहण गरेको हो ।
पदवहाली गर्दै अध्यक्ष गैरेले व्यवसायीका समस्यामा ध्यान दिदैँ संस्थालाई एकतावद्ध गर्ने बताए । व्यवसायीलाई दु:ख दिने सिन्डिकेटको विरुद्ध निरन्तर खबरदारी गर्ने प्रतिवद्द्ता गैरेले जनाए । कार्यक्रममा एसोसिएसनका निवर्तमान अध्यक्ष दीपक थापाले कार्यभार हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । गत शुक्रबार सम्पन्न एसोसिएसनको १३औं साधारणसभा तथा निर्वाचनबाट १९ सदस्यीय कार्यसमिति चयन भएको छ ।