Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण
‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ७, २०८३

काठमाडौं- चलचित्र समीक्षक समाज (फिक्सन)ले ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गरेको छ । शनिबार काठमाडौँस्थित पर्यटन बोर्डको सभाहलमा एक समरोहको आयोजना गर्दै समाजले २०८१ र २०८२ सालका विजेतालाई संयुक्त रूपमा अवार्ड प्रदान गरेको हो ।
समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले समीक्षा संस्कृतिले चलचित्रलाई सही दिशातर्फ डोहोर्याउने बताए । उनले भने, “समीक्षा र चलचित्रबीच ‘लभ एन्ड हेट’को सम्बन्ध रहने गरेको छ । समीक्षक व्यावसायिक चलचित्रको दुश्मन हुन् भन्ने भावना व्याप्त छ । तर, हामी विश्वास गर्छौँ, समीक्षक र सर्जकबीचको सम्बन्ध प्रतिस्पर्धाको होइन, सहयात्राको हो । स्वस्थ समीक्षा कुनै सृजनामाथिको आक्रमण होइन, त्यो अझ उत्कृष्ट सृजनातर्फ डोहोर्याउने एउटा इमानदार संवाद हो ।” 

अध्यक्ष तिमल्सेनाले चलचित्रको समीक्षा गर्नु त्यसको व्यावसायिकताको सम्भावनालाई खुम्च्याउनु नरहेको प्रस्ट पारे।  समरोहका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले व्यावसायिक सफलताले चलचित्रलाई राम्रो वा नराम्रो भन्न नमिल्ने बताए । हलमा चलेका चलचित्रमात्रै राम्रा नहुने भन्दै उनले कतिपय राम्रा चलचित्र पनि नचल्ने गरेको बताए । प्रचारको अभावलगायत कारणले कतिपय राम्रा चलचित्र हलमा नचल्ने गरेको उहाँको भनाइ थियो । त्यसैले राम्रा चलचित्रले अवार्ड पाएको अभिनेता श्रेष्ठले बताए ।

“समीक्षकले दिने अवार्डमा चलचित्र व्यवसायिक पाटो नहेरी कलात्मक पक्षलाई जाँच्ने गरिन्छ, यसले चलचित्रकर्मीलाई हौसला प्रदान गर्छ । सबै राम्रा चलचित्र चलेका छैनन् । चलेन भनेर हरेस मान्नु पर्दैन, किनकि व्यावसायिक पक्षले कलात्मक पक्षलाई ओझेलमा पार्न सक्दैन”, कलाकार श्रेष्ठले भने ।

Hardik health

कलाकार श्रेष्ठले नेपाली चलचित्रलाई अझ सशक्त, विश्वसनीय र अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सर्जक तथा समीक्षक दुवैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुनेमा जोड दिए। उक्त समारोहमा चलचित्र ‘भूठान’बाट उत्कृष्ट अभिनेताको अवार्ड ग्रहण गर्दै अभिनेता हरिवंश आचार्यले ‘क्रिटिक्स फिल्म अवार्ड’ पाउने व्यक्ति ‘राम्रै हुने’ विश्वास व्यक्त गरे । 

“फिल्ममा यो भएन, त्यो भएन, यसो गरेको भए हुने थियो । यसरी बनाएको भए राम्रो हुने थियो भनेर दोषैदोष देखाउने व्यक्तिले दिएको अवार्ड भनेपछि पक्कै राम्रै होला । उनीहरूबाट अवार्ड पाउनु भनेको गौरव हो, यो गरिमामय अवार्ड हो भन्ने लाग्छ”, अभिनेता आचार्यले भने ।

उक्त समरोहमा ‘क्रिटिक्स फिल्म अवार्ड २०८१’ तर्फ चलचित्र ‘शाम्बाला’, निर्देशक मीनबहादुर भाम (शाम्बाला), अभिनेता दयाहाङ राई (गाउँ आएको बाटो), अभिनेत्री थिन्ले ल्हामो (शाम्बाला), पटकथा तथा लेखन सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार), छायाङ्कन आलोक शुक्ला (आँखा), सम्पादन जे हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज), पाश्र्व सङ्गीत किशोर आचार्य (गाउँ आएको बाटो)ले अवार्ड ग्रहण गरे ।

यस्तै, २०८१ सालमा चलचित्र ‘बोक्सीको घर’ बाट बालकलाकार सुपला सापकोटालाई अभिनय र चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’बाट कला निर्देशनमा रोशन दिवानालाई ‘स्पेसल मेन्सन अवार्ड’ प्रदान गरियो । यस्तै, ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ तर्फ चलचित्र ‘ऊनको स्वीटर’, निर्देशक नवीन चौहान (ऊनको स्वीटर), अभिनेता हरिवंश आचार्य (भूठान), अभिनेत्री आना शर्मा (रमिताको पिरती), पटकथा तथा लेखन नवीन चौहान र सुरज कटुवाल (ऊनको स्वीटर), छायाङ्कन सुशन प्रजापति (भूठान), सम्पादन अञ्जय खड्का (भूठान) र पाश्र्व सङ्गीत कोविद बज्र (ऊनको स्वीटर)ले अवार्ड ग्रहण गरे ।

महालक्ष्मी चक्की आटा, नेपाल भलिबल लिगको फ्रेन्चाइज टिम अन्नपूर्ण स्पाइकर किङग्स, ओएसआर डिजिटल र नेपाल फिल्म क्याम्पसको सहकार्यमा अवार्ड सम्पन्न भएको थियो । विसं २०७१ देखि नेपाली चलचित्रको गुणात्मक विकास गर्न समाजले अवार्डको आयोजना गर्दै आएको छ ।
 


प्रकाशित मिति: आइतबार, असार ७, २०८३  १४:१३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर आइतबार, असार २८, २०८३
तेस्रो ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने
तेस्रो ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने आइतबार, असार २८, २०८३
सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’
सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’ शनिबार, असार २७, २०८३
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक बुधबार, असार २४, २०८३
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक सोमबार, असार २२, २०८३
‘असारे घाँसे जुहारी’ सार्वजनिक
‘असारे घाँसे जुहारी’ सार्वजनिक सोमबार, असार २२, २०८३
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव आइतबार, असार २१, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP