काठमाडौं - सेयर बजार घटेसँगै आज कारोबार रकम पनि खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.१४ प्रतिशतले घटेको छ ।
आज ९.२९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७२८.०३ अंकमा झरेको छ । समग्रमा बजार घटे पनि होटल र उत्पादनमूलक समूह क्रमशः ०.४७ र ०.२६ प्रतिशतले बढेको छ । बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३५० कम्पनीका ९२ लाख ३१ हजार २ सय १६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८ सय ९४.०६ रुपियाँ बराबरको कारोबार भएको छ । सोपान फर्मा र एपोलो हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १५ र १४.९७ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी १३.५१ प्रतिशतले घाटा व्यहोरेका छन् । आज सिटी होटल लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २३ करोड ६३ लाख ४३ हजार ५ सय ८८.७० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो सोमबार २०.२७ अंकले अंकले बजार घट्दा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १ सय ९०.३१ रुपियाँ, मंगलबार १.५४ अंकले बजार घट्दा ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २ सय ९१.७१ रुपियाँ र हिजो बुधबार २.५७ अंकले बजार बढ्दा ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार ३ सय २७.६० रुपियाँ बराबरको कारोबार भएको थियो ।